Tuesday, November 22, 2016

एमालेको समर्थनमा खुलेरै मैदानमा आए कांग्रेसका यी प्रभावशाली नेता ! - See more at: http://www.thenepalpost.blogspot.com

एमालेको समर्थनमा खुलेरै मैदानमा आए कांग्रेसका यी प्रभावशाली नेता ! - See more at: http://www.thenepalpost24.blogspot.com

दाङ, ७ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संविधान निमार्ण गर्दा मधेसीलाई उपेक्षा गर्दा मुलुक संकटतर्फ गएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयनमा एमालेलाई पनि उपेक्षा गर्नु हुँदैन । एमालेको साथ लिएर संविधान संशोधन र कार्यान्वयन गर्नुपर्छ ।’ मधेसी मोर्चा र एमाले दुबैलाई सहमतिमा ल्याउनु पर्ने उहाँको भनाइ छ ।
उहाँले मधेसीका जायज मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । ‘संविधान कार्यान्वयनमा एमालेलाई साथमा लिनु पर्छ’, उहाँले भन्नुभयो ।
आमनागरिकले आफूलाई सोध्ने गरेको हिन्दू धर्मको विषयमा सनातन धर्मको संरक्षण र गौ हत्यामा पूर्ण रुपमा रोक लगाउनुपर्ने डा.कोइरालाले उल्लेख गर्नुभयो ।
डा.कोइरालाले अंगीकृत नागरिकलाई राज्यका संवेदनशील पद धारण गर्न दिन नहुनेमा आफू ढुक्क रहेको बताउनुभयो ।
डा.कोइरालाले अबको १५ महिनाभित्र तीन वटै तहको निर्वाचन गराउनै पर्ने बाध्यता रहेको बताउनुभयो 

No comments:

Post a Comment