Friday, November 25, 2016

माओवादीका यी प्रभावशाली नेता प्रचण्डको विपक्षमा उभिने

New Nepali news and information, song,video

माओवादीका यी प्रभावशाली नेता प्रचण्डको विपक्षमा उभिने

फाइल फोटो


काठमाण्डु– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले मधेसी दलहरुलाई मनाउ ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई प्रदेश नम्बर ४ र ६ मा मिलाउने गरी संविधान संशोधन प्रस्ताव तयार पारेपछि त्यसको चोतर्फ विरोध भएको छ ५ नम्बर प्रदेशका गुल्मी, अर्घाखाँची र पाल्पा प्रदेश नम्बर ४ तथा प्युठान र रोल्पालाई प्रदेश नम्बर ६ मा गाभ्ने प्रस्तावको जिल्लास्थित कांग्रेस, एमाले र माओवादी नेता तथा प्रदेशसँग सम्बन्धित केन्द्रीय नेताले विरोध गरेका हुन् ।

यसरी विरोध गर्नेमा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रका एक शीर्ष नेतासमेत रहेका छन् । माओवादीका प्रभावशाली नेता टोपबहादुर रायमाझीले संविधान संशोधनका नाममा पहाड र तराई छुट्याउने प्रस्ताव आए त्यसको विपक्षमा मतदान गर्ने बताएका छन् ।

प्रचण्डको नाम नलिइ रायमाझीले त्यस्तो प्रस्ताव आए संसदबाट पारित हुन नसक्ने चेतावनी दिए । उनले भने, ‘संविधान संशोधन जरुरी रहेको भए पनि पहाड र तराई टुक्र्याउने पक्षमा मेरो समर्थन छैन ।’ उनले संविधान संशोधनको एजेण्डा र औचित्य स्पष्ट हुनुपर्ने उल्लेख गरे ।

‘विवादै नभएको ठाउँमा समेत विवाद सिर्जना गर्न खोजिएको छ’, एमाले युवा संघ र अखिलले बिहीबार राजधानीमा गरेको कार्यक्रममा रायमाझीले भने, ‘यस्तो तरिकाले माओवादी आफैंलाई नोक्सान हुन्छ, यस्तो गर्नु हुँदैन ।’

उनले थपे, ‘पाँच नम्बर प्रदेशका बारेमा किन चिन्ता गर्नुभएको हो ? विवाद नभएको ठाउँमा विवाद गर्दा भुईंको टिप्न खोज्दा पोल्टाको पोखिएला । मधेसवादी दल क्षेत्रीय पार्टी भन्ने अनि सबैतिरको चिन्ता नगर्नुहोस् । पहाडबाट तराई अलग गर्ने कुरा हाडमासु छुट्याए सरह हो ।’

प्रचण्डलाई असंविधान संशोधनका लागि एमालेलाई मनाउन हम्मेहम्मे परिरहेका बेला आफ्नै पार्टीको नेताबाट यस्तो चेतावनी आएको हो । मधेसी मोर्चासँग यस विषयमा कुरा मिलिसकेता पनि पार्टी भित्रबाट विरोधको आवाज उठ्न थालेपछि प्रचण्डलाई झनै तनाव थपिएको छ ।

संविधान संशोधन प्रस्ताव दर्ता गरे एमालेले नमान्ने, नगरे मधेसी मोर्चाले झस्काउने, प्रदेश टुक्राउन खोजे आफ्नै पार्टीभित्रबाट विरोध हुने र सबैलाई मिलाउन नसकिरहेका बेला प्रचण्ड ठूलो धर्म संकटमा परेका छन् । काठमाडौं टुडेबाट

No comments:

Post a Comment