Saturday, November 19, 2016

नवयुग फेरि चम्किए: नेपालद्वारा जापान पराजित

नवयुग फेरि चम्किए: नेपालद्वारा जापान पराजित


नेपालले फुटबलमा एसियाकै सबैभन्दा बलियो राष्ट्र जापानमाथि ऐतिहासिक जित हात पारेको छ ।
केहीबेर अघि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सकिएको मैत्रीपूर्ण खेलमा जापानविरुद्ध ऐतिहासिक १–० गोलको जित निकालेको हो ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार भएको ‘च्यारिटी’ फुटबल खेलमा नेपाल विजयी भएको हो।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा भएको खेलमा भर्खरै मलेसियामा एएफसी सोलिडारिटी कप जितेर आएको नेपाली टोलीले जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीलाई पराजित गरेका हुन।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा अपराह्न २ बजेबाट सुरु भएको खेलमा  ५६ औँ मिनेटमा नवयुग श्रेष्ठले नेपालको लागि निर्णायक गोल गरेका थिए। 


No comments:

Post a Comment