Saturday, November 12, 2016



कार्तिक २७, २०७३- गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकिएको छ । यो भूकम्पपछि पुनर्निर्माण सम्पन्न मुलुककै पहिलो पुरातात्त्विक सम्पदा बनेको छ । 

अघिल्लो वैशाख १२ गतेको भूकम्पले युनेस्को विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ महाचैत्यको डोमदेखि त्रयोदश भुवन (तेह्रवटा खुडकिला) सम्मका भाग, मण्डला र छ्यार्तेनहरू पूर्ण रूपमा भत्काएको थियो । बौद्धनाथ क्षेत्र विकास समितिले सरकारी सहयोगबिनै २०७२ जेठ १० गते नै पुनर्निर्माण थालेको थियो । समितिका अनुसार विभिन्न दातृ संस्था र व्यक्तिबाट उठेको २३ करोड रुपैयाँ लागतमा महाचैत्यको पुनर्निर्माण सम्पन्न भएको हो । 

No comments:

Post a Comment