Saturday, November 26, 2016

विदेशमा कार्यरत नेपालीको लगानीमा बन्ने दुई ‘रेमिट हाइड्रो’ले पाए लाइसेन्स

विदेशमा कार्यरत नेपालीको लगानीमा बन्ने दुई ‘रेमिट हाइड्रो’ले पाए लाइसेन्स



सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लगानी गर्न पाउने गरी दुईवटा ‘रेमिट हाइड्रो’ लाई उत्पादन अनुमतिपत्र दिएको छ ।
उर्जा मन्त्रालयले ताप्लेजुङमा बन्ने घुन्साखोला र सिम्बुवाखोला जलविद्युत आयोजनाको लाइसेन्स जारी गरेको हो । यी आयोजना निर्माणको काम सरकारी स्तरबाटै गरिने उर्जा मन्त्रालयले जनाएको छ । यसमा पूर्णरुपमा नेपालीहरुको लगानी हुनेछ ।
सरकारले अघिल्लो वर्षको बजेटमै विदेशमा रहेका नेपालीको लगानीमा ‘रेमिट हाइड्रो’ बनाउने उद्घोष गरेको थियो ।जलविद्युत विकास तथा लगानी कम्पनीको सहायक रेमिट हाइड्रो कम्पनीले झण्डै डेढ वर्ष अघि नै दिएको आवेदन दिएको थियो ।
अनुमति पाएका दुबै जलविद्युत आयोजनालाई कम्पनीले विदेशमा रहेका नेपालीको लगानी रहने गरी निर्माण गर्ने अवधारणा तयार गरेको छ ।
घुन्साखोला आयोजनाबाट ७१ दशमलब ५ मेगावाट बिजुली उत्पादन हुन्छ भने सिम्बुवाखोला ५३.३ मेगावाट क्षमताको आयोजना हो । यी आयोजना निर्माणका लागि करिब २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अन्लाइन खबरमा समाचार छ।

No comments:

Post a Comment