Monday, November 21, 2016

सात जना प्रहरी हत्याका मोस्ट वान्टेडलाई प्रधानमन्त्रीले भेटेपछि प्रहरीको मनोबल के हुन्छः कोइराला

सात जना प्रहरी हत्याका मोस्ट वान्टेडलाई प्रधानमन्त्रीले भेटेपछि प्रहरीको मनोबल के हुन्छः कोइराला



नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोइरालाले सरकार र सर्वाेच्च अदालत दुबै अराजक ढंगले सञ्चालन भएको बताएका छन्। नेपाल प्रेस युनियन दाङ शाखाले मंगलबार बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले त्यस्तो बताएका हुन्।
‘अहिले सरकार र सर्वाेच्च अदालत दुबै अराजक छन्, यस्तो अवस्थामा कांग्रेस सजग बन्न जरुरी छ,’ उनले भने।
कोइरालाले मुलुकका कार्यकारी प्रधानमन्त्रीले भारतमा गएर नौ जना प्रहरीको हत्या अभियुक्त ‘मोष्ट वान्टेन्ड’लाई गोप्य रुपमा भेट्ने र दोस्रो दिन गृहमन्त्रीले मुद्दा फिर्ता लिन्छु भन्नु अराजकताको पराकाष्टा भएको बताए। कोइरालाले थपे, ‘यस्तो अवस्थामा प्रहरीको मनोबल के हुन्छ?’
उनले गम्भीर अपराधका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुने बताए।
त्यस्तै, सर्वोच्च अदालतले मिडयाबाजी गरेर लोकमानलाई कारबाही गर्छु भन्नु अराजकताको पराकाष्टा भएको उनको तर्क थियो। नेता कोइरालाले सर्वोच्च अदालत एनजियो र आईएनजियोबाट चलिरहेको आरोप लगाउँदै विश्वमा न्यायालय आईएनजियो र एनजिओबाट कतै नचलेको पनि बताएका थिए।
सरकार र सर्वाेच्च अदालत दुबै अराजक बन्दै गएकोले राष्ट्रियता र लोकतन्त्र रक्षार्थ सचेत रहन कार्यकर्तालाई उनले आग्रह गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका कोइरालाले सत्य निरुपन तथा मेलमिलाप आयोग गठन भए पनि प्रधानमन्त्री पीडितभन्दा पनि पीडकको पक्षमा रहेको आरोप लगाए। 

लोकमानसिंह कार्कीले गल्ती गरेकोले हट्नुको विकल्प नरहेको बताएका नेता कोइरालाले लोकमान गए पनि प्रजातन्त्रिक संस्था अख्तियार भने बलियो हुनपर्नै तर्क प्रस्तुत गरे। उनले लोकमान पहिलेदेखि नै खराब व्यक्ति भएकोले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति गर्नु नै गलत भएको बताए।
उनले भने, ‘लोकमानलाई प्रमुख बनाउनु हुँदैन भन्ने मेरो आवाज काँग्रेस नेतृत्वले मानेन र अहिले त्यसको फल देशले भोगिरहेको छ।’
उनले एमाले र मधेशलाई उपेक्षा गरेर संविधान कार्यान्वयन हुन नसक्ने स्पष्ट पारेका थिए। मधेसीका जायज माग तत्काल सम्बोधन गरी सविंधान संशोधन गर्नुपर्नै उनले बताए। सेतो पाटी डटकम बाट साभार गरिएको

No comments:

Post a Comment