यसरी पो गरिँदोरहेछ बिजुलीको कालोबजारी !
यसअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । व्यापार-व्यवसाय गर्नेहरुले विद्युत नभएकै कारण रोएर दिन बिताउनु परिरहेको थियो । हिउँद-बर्खा, दिन-रात सधैं लोडसेडिङ हुन्थ्यो ? अहिले नयाँ विद्युत थपिएकै छैन, तर लोडसेडिङ स्वाट्टै हटेको छ । आखिर हिजो किन र कसरी हुन्थ्यो लोडसेडिङ ?
यसअघि लोडसेडिङ कसरी हुन्थ्यो भन्ने बारेमा हामीले विद्युत प्राधिकरणका एक जना प्राविधिकलाई सोध्यौं- एउटै मात्रामा बिजुली हुँदाखेरि हिजो दैनिक १२ घण्टा, ८ घण्टा लोडसेडिङ भइरहेको थियो, तर, अहिले तिहारका बेलामा समेत देशैभरि लोडसेडिङ भएन, यसको भित्री रहस्य के हो ?
ती प्राविधिक कर्मचारीले अनलाइनखबरसँग भने- लोडसेडिङका नाममा प्राधिकरणका हाकिमले जनतामाथि अपराध गर्दै आइरहेका थिए । हिजो बिजुली नपुगेर लोडसेडिङ भएकै होइन, लोडसेडिङ गराउने अपराधीहरुका कारणले मात्रै लोडसेडिङ भएको हो ।
कसरी हुन्थ्यो लोडसेडिङको ‘अपराध’ ?
यो प्रश्नको जवाफमा स्रोतले थप व्याख्या गर्दै भन्यो, ‘नेपालमा यति विद्युत आवश्यक छ भनेर प्राधिकरणले जनतालाई चाहिनेभन्दा बढी मात्राको मिथ्यांक सुनाउँथ्यो । र, कति विद्युत मौज्दात छ भन्ने तथ्यचाँहि घटाएर दिइन्थ्यो । यसको वीचमा ठूलो ‘ग्याप’ देखाएर १२ घण्टा लोडसेडिङ गर्नुपर्ने सूचना जनतामा जारी गरिन्थ्यो । र, जनताले त्यसैलाई पत्याएर चुपचाप सहने गरेका थिए ।
जस्तो कि- विद्युतको माग ११ सय मेगावाट देखाइयो भने नेपालमा उत्पादित र भारतबाट आयातीत बिजुलीसमेत ६/७ सय मेगावाट मौज्दात देखाइन्थ्यो । वीचमा ५/६ सय मेगावाट विद्युत कम भएको भन्दै प्राधिकरणका हाकिमले यसवापत १२ घण्टा लोडसेडिङ गर्नुपर्ने मिथ्यांक जनतामा सम्प्रेषण गर्थे । र, जनताले त्यसैलाई पत्याउँथे ।
प्राधिकरणका प्राविविधिकले अनलाइनखबरसँग भने- जनतालाई त यो प्राविधिक विषय थाहा हुँदैन कि कति विद्युत चाहिन्छ र कति घण्टा लोडसेडिङ गर्नुपर्ने हुन्छ । अन्लाइन खबर बाट साभार गरिएको ।
No comments:
Post a Comment