ब्राजिलियन फुटबलडी सवार विमान कोलम्बियामा दुर्घटना
काठमाडौंः ब्राजिलका फुटबल खेलाडी सबार सवार विमान दुर्घटनामा परेको छ।
ब्राजिलको च्यापेकोनिज क्लबका खेलाडीसहित ७२ जना यात्रु लिएर बोलिभियाबाट कोलम्बियाका लागि उडेको विमान दुर्घटनामा परेको हो। कोलम्बियाको मेडेलिन अन्तर्राष्ट्रिय विमानस्थलले विमान दुर्घटनामा परेको पुष्टि गरेको छ। उक्त विमान कोलम्बियाको मेडेलियनको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो।
स्थानीय सयम अनुसार सवा १० बजे विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। विमान दुर्घटना खराव माैसमका कारण भएको हो वा अन्य कुनै कारणले भन्नेबारे खुल्न सकेको छैन्। विमानमा चालक दलका ९ सदस्य पनि सवार रहेको बताइएको छ।
ब्राजिलियन फुटबल क्लबको टोली कोपा सुडामेरिका कप अन्तर्गत बुधबार कोलम्बियाको मेडेलिनमा एथ्लेटिको नेशनल टोली पहिलो लेग खेल्ने कार्यक्रम तय थियो।
सान्ता कटरिना राज्यको चपेको शहरमा अबस्थित च्यापेकोनिज क्लब ब्राजिलको ए डिभिजन स्तरिय क्लब हो। सन् १९७३ मा स्थापना भएको क्लब सन् २०१४ मा मात्रै एक डिभिजनमा बढुवा भएको थियो। यो सिजनमा ३७ खेल खेलेको च्यापेकोनिज क्लब अंक तालिकामा नवौं स्थानमा छ। अन्नपूर्ण पोस्टबाट
No comments:
Post a Comment