Friday, November 18, 2016

भारतको टाउको दुख्ने गरी नेपाल र चीनबीच महत्वपूर्ण सहमति

काठमाण्डु, ४ मंसिर– नेपाल र चीनबीच हस्ताक्षरित पारवहन सम्झौताअनुसार तयार हुनुपर्ने ‘प्रोटोकल’ को प्रारम्भिक मस्यौदामा शुक्रबार सहमति जुटेको छ 
चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा शुक्रबार सकिएको नेपाल(चीन सहसचिवस्तरीय बैठकमा पारवहन सम्झौताअनुसार तयार हुनुपर्ने ‘प्रोटोकल’ को प्रारम्भिक मस्यौदामा सहमति जुटेको ल्हासाका लागि नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले टेलिफोनमा बताए ।
पारवहन सम्झौता कार्यान्वयनका लागि नेपाल र चीनबीच बिहीबार र शुक्रबार छलफल भएको थियो । छलफल सकारात्मक रहेको कार्कीले बताए ।
पारवहन सम्झौताअनुसार नेपालले चीनको कुन समुद्री बन्दरगाह प्रयोग गरी तेस्रो देशसँग व्यापार गर्न पाउने भन्नेबारेमा ठोस छलफल नभएको कार्कीले बताए । ‘यसपटक प्रोटोकलको मस्यौदामा प्रारम्भिक वार्ता मात्रै भएको हो । नेपालले चीनको कुन समुद्री बन्दरगाह प्रयोग गरी तेस्रो देशसँग व्यापार गर्न पाउने भन्नेबारेमा पछि छलफल हुनेछ’, कार्कीले भने ।
पूर्ववर्ती सरकारका पालामा चीनसँगको पारवहन सम्झौताको ‘प्रोटोकल’ को प्रारम्भिक ‘फ्रेमवर्क’ मस्यौदा चीन र नेपालबीच पहिलो चरणमा आदानप्रदान भएको थियो । उक्त प्रोटोकलअनुसार नेपालले कुन समुद्री मार्ग उपयोग गर्ने भन्ने विषयमा नेपालले वार्तामा ठोस धारणा राख्न नसकेको सहभागीले बताए ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको गत चैतमा सम्पन्न चीन भ्रमणमा हस्ताक्षरित ऐतिहासिक पारवहन सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो देशसँग जल र स्थल मार्गबाट व्यापार गर्ने सुविधा पाउनेछ । नेपालले अहिलेसम्म केवल भारतीय भूमि हुँदै तेस्रो देशसँग पारवहन व्यापार गर्दै आएको छ ।
आगामी १० वर्षका लागि वैध रहने उक्त सम्झौतामा नेपालले चीनको कुन समुद्री बन्दरगाह वा मार्ग प्रयोग गर्ने भन्ने उल्लेख छैन । नेपालले भविष्यमा चीन हुँदै तेस्रो देशसँग व्यापार गर्दा कुन समुद्री बन्दरगाह वा मार्ग प्रयोग गर्ने, यातायात, कार्गो सञ्चालनको मोडालिटी र भन्सारसँग सम्बन्धित विषयमा पारवहन सम्झौताको ‘प्रोटोकलु मा तय गर्नुपर्ने हुन्छ ।
उक्त बैठकको दोस्रो एजेन्डा तिब्बती सडक मार्ग प्रयोग गरी नेपालका उत्तरी जिल्लाका विकट भूभागमा सामान निर्यात गर्न पाउने विगतको समझदारीपत्र नवीकरण थियो ।
यस विषयमा दुई देशका अधिकारीबीच छलफल भए पनि समझदारी नवीकरण हुन बाँकी छ । चीनले उक्त समभदारीपत्र नवीकरणका लागि सकारात्मक जवाफ भने दिएको छ । http://www.thenepalpost24.blogspot.com. , काठमाडौँ टुडेमा खबर छ।

No comments:

Post a Comment