Sunday, December 4, 2016

देश केक होइन टुक्राटुक्रा पारेर बाँड्नलाइ : ओली

New Nepali news and information, song,video

देश केक होइन टुक्राटुक्रा पारेर बाँड्नलाइ : ओली



काठमाडौं- प्रमुख विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राखेको संविधान संशोधन प्रस्तावमा समर्थन गर्न नसकिने स्पष्ट पारेका छन्। बरु उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संशोधन प्रस्ताव फिर्ता लिन सुझाव दिएका छन्।
'मेरो जुत्ताको तलुवा जहाँ टेक्यो, त्यहाँ चिप्लिने खालको छैन,' पूर्वप्रधानमन्त्री ओलीले आइतबार साँझ सम्पादकसहितका पत्रकारसँग भने, 'यो देश बनेको पनि कसैले भोट हालेर होइन।' कतिपय बेलामा भोट हालेका कारण देश समाप्त भएर गएको तर्क पनि उनले अघि सारे। सहमतिका लागि भनेर हिजो गरिएका निर्णयमा टेकेर अस्थिरता बढाउन खोज्ने हो भने एमालेलाई त्यो मान्य नहुने उनले स्पष्ट पारे। नागरिक न्यूज बाट साभार गरिएको।

No comments:

Post a Comment