Sunday, December 11, 2016

दैलेखमा एलपी ग्यासको खानी रहेको पुष्टि, सिलिण्डरमा भर्न सकिने

दैलेखमा एलपी ग्यासको खानी रहेको पुष्टि, सिलिण्डरमा भर्न सकिने



सिलिन्डरमा भर्ने ग्यास दैलेखमा !

रिपोर्टअनुसार दैलेखको ग्यास काठमाडौंको जस्तो प्राकृतिक मिथेन ग्यास होइन । त्यहाँबाट उत्खनन् हुने ग्यास सिलिन्डरमा भरेर बिक्री गर्न योग्य छ ।  काठमाडौंको ग्यास भने पाइपबाट मात्रै भान्सामा पु¥याउन सकिने किसिमको हो ।
नेपालमा पेट्रोलियम तेलको सम्भावना रहेको पुष्टी यसअघि नै भएपनि एलपी ग्यासको बारेमा भने अहिलेसम्म औपचारिक अध्ययन हुन सकेको थिए ।

चिनियाँ वैज्ञानिकको टोलीले गत मंसिरमा नेपालका विभिन्न क्षेत्रहरुको भ्रमण गरी त्यहाँबाट विभिन्न प्रकारका चट्टानहरुको नमूना संकलन गरेर अध्ययनका लागि चीन लगेको थियो । उनीहरुले चीन सरकारलाई बुझाएको प्रारम्भिक प्राविधिक रिपोर्ट अहिले उद्योग मन्त्रालयमा आइपुगेको हो ।

विस्तृत रिपोर्टको पर्खाइ

दैलेखमा पेट्रोलियम ग्यासको सम्भावना पुष्टि भएपछि सरकार अहिले यससम्बन्धी बिस्तृत रिपोर्टको पर्खाइमा छ । चीनले केही साताभित्रै प्राविधिक टोलीले तयार गरेको बिस्तृत रिर्पोट परराष्ट्र मन्त्रालयमार्फत नेपाल पठाउने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

‘दैलेखमा पेट्रोलियम ग्यास रहेको पुष्टि भयो । तर, अझै यसको उत्खनन्बारे यो अध्ययन पर्याप्त छैन’ ती अधिकारीले भने,‘यो रिपोर्ट प्रारम्भिक मात्रै भएकाले यो विषयमा धेरै कुरा अहिले नै भन्न सकिन्न ।’

रिपोर्टबारे खानी विभागले मन्त्रालयमा औपचारिक ‘ब्रिफिङ’ पनि गरिसकेको छ । अध्ययनकै क्रममा चिनियाँ टोलीले ग्यास र पेट्रोलको सम्भाव्यताबारे सकारात्मक प्रतिक्रिया दिएका थिए । त्यसैले बिस्तृत रिपोर्ट आएपछि यसबारे थप योजना बनाउने मन्त्रालयका अधिकारी बताउँछन् ।

No comments:

Post a Comment