निजी अस्पतालमा आजदेखि १० प्रतिशत निःशुल्क उपचार व्यवस्था
तस्वीर: अन्लाइन खबर बाट
स्वास्थ्य मन्त्रालयको गत मंसिर २७ गतेको निर्देशन अनुसार सबै अस्पतालहरु गरिव, बिपन्नलाई निःशुल्क सेवा प्रदान गर्न बाध्य हुनेछन् ।
निजी अस्पतालहरुमा १० प्रतिशत निशुल्क उपचार गर्नको लागि स्वास्थ्य मन्त्रालयले गत कार्तिक १३ गते सार्वजनिक सुचना जारी गरेको थियो ।
यो सेवा लागू भएपछि गरिव, अपाङ्गता भएका, जेष्ठ नागरिक तथा एकल महिलाहरुले पनि आफु विपन्न भएको प्रमाणित गरेमा कुनै पनि सरकारी तथा गैरसरकारी अस्पतालबाट यो सेवा लिन सक्नेछन् ।
निशुल्क उपचार सेवा अन्तर्गत अपरेशन सेवा बाहेकका चिकित्सक परार्मश शुल्क, शैया शुल्क, नर्सिङ्ग शुल्क, अस्पतालमा उपलब्ध डाइगोनोष्टिक शुल्क तथा अक्सिजन शुल्क रहेकोे छ ।
निःशुल्क उपचार सेवा लिनका लागि कुनै पनि विपन्न बिरामीले गाविस, जिविस, नगरपालिका, जिल्ला विकास कार्यालय, स्थानीय विकास समिति लगायत जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस लिन सक्नेछन् । काठमाडौको हकमा वीर अस्पतालले समेत सिफारिस गर्न सक्नेछ ।
निजी अस्पतालहरुको छाता संगठन अफिमले सबै निजी अस्पतालमा यो व्यवस्था लागू गर्ने प्रतिवद्धता जाहेर गरिसकेको छ । अन्लाइन खबर बाट साभार गरिएको।
No comments:
Post a Comment