Thursday, December 29, 2016

रातो नम्बरबाट आएको फोन उठाउँदा मरिने हल्लाले देशभर त्रास, यस्तो छ वास्तविकता

रातो नम्बरबाट आएको फोन उठाउँदा मरिने हल्लाले देशभर त्रास, यस्तो छ वास्तविकता



काठमाडौं, १४ पुस । कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो ।’ सायद ठीकै भनेका थिए उनले । नेपाल हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने गरेको छ । यस्तै एउटा हल्लाको पछिल्लो संस्करणले केही दिनयता देशभर त्रास फैलिरहेको छ ।
सायद तपाईंले पनि सुन्नु भएको होला, ‘रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्‍यो रे !’ अहिले यो हल्ला ‘दिन दोगुना, रात चौगुना’ भनेझैँ फैलिरहेको छ । मानिसहरुले एसएमएस गरेर, फोन गरेर तथा सामाजिक सञ्जालमार्फत आफ्ना आफन्त र साथीभाइलाई सचेत रहन भनिरहेका छन् । हल्लामा मान्छे मरेको भनिएका क्षेत्रहरुचाहिँ कसैले नुवाकोट, कसैले धादिङ त कसैले मकवानपुर भनेका छन् ।
त्यसैगरी फोन आएका भनिएका मोबाइलहरु एनसेल छन् ।यो हल्ला अहिले यति भाइरल बनिसक्यो कि कन्ट्रोल गर्नै नसकिने अवस्था छ । आम मानिसहरु त्रसित बन्न थालेपछि  यसको वास्‍तविकताबारे बुझ्ने प्रयास यसरी गरीएकाे छ ।
एनसेल भन्छ, ‘हल्लाको पछि नलाग्नुस्’
हामीले यसबारे एनसेलसँग बुझ्ने प्रयास गर्‍यौँ । सुरुमा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्दा उनी यो हल्लाले वाक्कदिक्क भइसकेका रहेछन् । दिनमै सयौँ कल यस्तै चासो राख्नेहरुको आउँदो रहेछ । उनले यसबारे अफिसमा पनि कुरा भइसकेको, यो हल्लामात्र रहेको निष्कर्ष निकालिएको जवाफ दिए ।
सामाजिक सञ्चालका एक प्रयोगकर्ताले एनसेलको आधिकारिक पेजमा नै जिज्ञासा राखेका रहेछन् । त्यहाँ पनि एनसेलले यो हल्लामात्र भएको जवाफ फर्काएको छ ।‘रातो नम्बरबाट आएको फोन उठाए मरिने हल्ला छ के हो यो ?’ केदार पौडेल नाम गरेका फेसबुक प्रयोगकर्ताले सोधेको प्रश्नमा एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजबाट जवाफ फर्काएको छ, ‘कृपया यस्तो हल्लाको पछाडि लाग्न नहुन ग्राहक बर्गहरुमा अनुरोध छ ।’
धादिङ प्रहरीलाई जानकारी छैनगाउँ-गाउँमासमेत सानातिना घटना घट्दा पनि प्रहरीलाई जानकारी हुन्छ । त्यसैले हामीले हल्लामा नाम जोडिएको जिल्ला धादिङका डिएसपी दिपेन्द्र पञ्जियारलाई सम्पर्क गर्‍यौँ । उनले त हल्लासमेत सुनेका रहेनछन् । ‘मैले त हल्ला पनि सुनेको छैन । केही भएको भए त आउँथ्यो । सायद हल्लामात्र हो यो,’ साझापोस्टसँग उनले भने ।
धादिङ प्रहरीकै सञ्चार शाखामा भने यस्तो हल्ला पुगेको रहेछ । सञ्चार विभागमा कार्यरत प्रहरी अधिकृत भन्दै थिए, ‘हल्ला त मैले पनि सुनेको हो । मकवानपुर तिर रे भनेर फेसबुकमा लेखेको देखेको थिएँ । तर, हामीकहाँ त्यस्तो कुनै जानकारी आएको छैन । भए त आइहाल्थ्यो नि !’
नुवाकोट प्रहरीमा केही व्यक्ति मोबाइल फाल्यौँ भन्दै आएका थिएत्यसपछि हामीले नुवाकोट प्रहरीका डिएसपी ऋषिराम कंडेललाई सम्पर्क गर्‍यौँ । उनले हल्ला मज्जैसँग सुनेका रहेछन् । ‘हल्ला त मैले पनि सुनेको हो । अस्ति दुईतीन जना युवा ‘रातो नम्बरबाट फोन आयो त्यसपछि मोबाइल फाल्यौँ’ भन्दै हामीकहाँ आएका थिए ।
तर फोन आएको हामीले देखेनौँ । उनीहरुले नै भनेका थिए, ‘कताकता मान्छे पनि मरे रे !’ तर यो हल्लामात्र हो । यस्तो फोन रिसिभ गर्दा मरेको भनिएको कुनै पनि व्यक्तिबारे जानकारी छैन ।’यो कुरा हल्लामात्र हो भन्ने निष्कर्षमा उनी पनि पुगिसकेका रहेछन् ।
मकवानपुर प्रहरीलाई जानकारी छैनमकवानपुरका प्रहरी इन्सपेक्टर सुरक्षा केसीले भने यस्तो हल्लासमेत आफूले नसुनेको बताइन् । ‘मैले त हल्ला पनि सुनेका छैनौँ, त्यस्तो कुनै उजुरी पनि आएको छैन,’ उनले भनिन् ।
आजभोलि ठेस लागेर लड्दा मान्छे मरेको जानकारीसमेत प्रहरीकोमा आउँछ । सानासाना घटनाबारे पनि प्रहरीलाई जानकारी गराउने प्रचलन छ । प्राकृतिक ढंगको स्वभाविक मृत्युबाहेक अन्य जुनसुकै कारणले मानिस मरे पनि पोस्टमार्टम बिना शवको दाहसंस्कारसमेत हुँदैन ।
पोस्टमार्टम अघि प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउनुपर्छ । अब तपाईं आफैँ भन्नुस्, सम्बन्धित जिल्लास्थित प्रहरीलाई समेत जानकारी नभएको कुरा वास्तविक कसरी हुन सक्ला त ? आफ्नो परिवारका सदस्यको फोन उठाउँदा मृत्यु भयो भने चुपचाप दाहसंस्कार कसैले गर्ला ? पक्कै पनि गर्दैन ।
बरु हामीकहाँ त लास सडकमा राखेर पैसाका लागि बार्गेनिङचाहिँ हुनसक्छ । माथिका तमाम जानकारीहरुबाट पनि निष्कर्ष निकाल्न सकिन्छ, यो हल्ला मात्र हो । हल्लाको पछि नलागौँ । बाँकी रहे सामाजिक सञ्जालमा रेड नम्बरबाट फोन आएको देखाइएका स्क्रिनशर्टहरु, ती फोटोशप्ड हुन सक्छन् ।साझा पाेष्टकाे सहयाेगमा
- See more at: http://www.thenepalpost24.com

Thursday, December 22, 2016

नेपाली सेनालाई शान्ति मिसनमा आफू मातहत पठाउन भारतको लबिङ

नेपाली सेनालाई शान्ति मिसनमा आफू मातहत पठाउन भारतको लबिङ



८ पुस, काठमाडौं । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ।उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय ९सार्क० र उप–क्षेत्रीय ९बीबीआईएन० सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको कमान्ड अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको हो।
सुरुवातमा सार्कमार्फत राष्ट्रसंघ ९यूएन०को शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन ९बंगलादेश, भुटान, भारत र नेपाल० मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको हो।
भारतले नेपालको राजनीतिक तहमा लबिङ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न अनुरोध गरेको उच्च स्रोतको दाबी छ। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

Monday, December 19, 2016

बुटवल गोलीकाण्डः एमालेका अन्य युवा कार्यकर्तालाई पनि आयो हत्याको धम्की - See more at: http://www.thenepalpost24.blogspot.com

बुटवल गोलीकाण्डः एमालेका अन्य युवा कार्यकर्तालाई पनि आयो हत्याको धम्की - See more at: http://www.thenepalpost24.blogspot.com



बुटवल, ४ पुस । एमालेको भातृ संगठन युवा संघका अध्यक्ष दुर्गा तिवारीमाथि गोली हानी हत्या भए लगत्तै रुपन्देहीमा एमालेका अन्य युवा नेता कार्यकर्तामाथि पनि ज्यान मार्ने धम्की आएको छ ।
तिवारीको हत्यामा संलग्न भएका भनिएका मनोज पुन मगरले नेकपा एमाले रुपन्देहीको देवदह क्षेत्रका युवा संघका अध्यक्ष धुव्र खरेल (चन्द्रकान्त), अनेरास्ववियूका क्षेत्रीय अध्यक्ष कृष्ण पौडेल, युवा संघका पूर्वक्षेत्रीय सदस्य वसन्त पौडेल लगायत आधा दर्जन युवा नेता कार्यकर्तालाई टेलिफोन गरेर धम्काएका हुन् ।
तिवारीको हत्याको खबर थाहा पाउनासाथ देवदह मेडिकल कलेज पुगेका क्षेत्रीय अध्यक्ष खरेललाई हत्या आरोपी पुन मगरले ‘तिमीहरुलाई पनि एक एक गरी दुर्गाको जस्तै हालत बनाउँछु’ भन्दै टेलिफोनबाट धम्क्याएका हुन् । त्यसलगत्तै अन्यलाई पनि उनले त्यसै गरी धम्क्याएका थिए । पुन मगरले फोन गरी धम्क्याउँदा बुटवलका नेपाल प्रहरीका डिएसपी मुकुन्द मरासनी पनि खरेलसँगै थिए । उनले आफ्नो परिचय नदिई टेलिफोनकर्तासँग कुराकानी गरेका थिए । टेलिफोन संवादमा पुन मगरले आफूले नै दुर्गाको हत्या गरेको बताएका थिए ।
उनले गरेको मोबाइल नम्बरमा प्राइभेट नम्बर मात्रै देखिएकाले कहाँबाट टेलिफोन गरेको भन्ने खुलेको छैन् । घटनालाई अन्यत्रै मोड्न पुन मगरले जिम्मा लिएको हुन सक्ने स्थानीयको आशंका छ । अखण्ड पाँच नम्बर प्रदेशको आन्दोलन चलिरहेका कारण दुर्गाले त्यस क्षेत्रको युवा विद्यार्थीको नेतृत्व गरिरहेका थिए । आन्दोलनलाई कमजोर बनाउन दुर्गाको हत्या भएको हुन सक्ने एमालेका स्थानीय कार्यकर्ताको आशंका छन् ।
वुटवलका प्रहरी प्रमुख डीएसपी मरासनीले भने यस विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताए । ‘कतिपय कुराहरु अपरेशन गर्नुपर्ने छन् । त्यसैले अहिल्यै बोल्न मिल्ने अवस्था छैन् ।’– डीएसपी मरासनीले दैनिक नेपाल सङ्ग टेलिफोनमा भने ।
यसअघि पुनकै समूहले दुर्गामाथि आक्रमण गरी हत्याको प्रयास गरेको थियो । चार बर्षदेखि भूमिगत रहेका पुन मगर प्रहरीको मोस्टवान्टेड सूचीमा छन् । उनी देवदह क्षेत्रमा नामुद गुण्डाका रुपमा चिनिन्छन् ।
प्रहरीले रुपन्देही र नवलपरासीमा व्यापक खानतलासी बढाएको छ । यसैगरी, ठाउँ ठाउँमा गस्ती पनि बढाइएको छ ।
- See more at: http://www.thenepalpost24.blogspot.com

Saturday, December 17, 2016

प्रधानमन्त्रीले भने ‘ बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्, म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार छु’

प्रधानमन्त्रीले भने ‘ बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्, म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार छु’



चितवन–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सवै बाहुन क्षेत्री जनजाति आदिवासी समुदायको विरोधी नभएको बताएका छन्। उनले आफूलाई आदिवासी समुदायको हक अधिकारका लागि लड्ने बाहुन भएको बताउँदै नेपाल आदिवासी जनाजाति महासंघको नवौं महाधिवेशन उद्घाटन समारोहमा भने, ‘अहिल्यै हेर्नु न एकथरी बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्। यदि त्यसो गरेमा म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार भएर बसेको छु।’
भरतपुरमा शनिबार सुरु भएको आदिवासीको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सकिने कार्यक्रम छ। नेपालको संविधान अपुरो र अधुरो रहेको निश्कर्षसहित संशोधनकालागि अभियान चलाउने आदिवासी जनजाति महासंघको अडान रहँदै आएको छ। प्रधानमन्त्री दाहालले संविधान जारी गर्दा नै यो अपुरो छ भनेर घोषणा गर्ने पार्टीको नेता आफू नै भएको बताए।
‘लामो संघर्ष र बलिदानले ल्याएका केही परिवर्तनलाई संस्थागत गरेर अगाडि बढ्न त्यो बेला संविधान ल्याउनु अपरिहार्य थियो र जारी भयो। तर यो अपुरो छ भन्दै भिन्न मतसहित हामीले संविधान जारी गरेका कारण पूर्णता दिने जिम्मेवारी पनि मेरो नै हो’, प्रधानमन्त्री दाहालले भने। हेपिएका थिचिएकाका कारणले नै आफु दुई दुई पटक प्रधानन्त्री भएको बताउँदै दाहालले यसको गुन र ऋण चुक्ता गरेरै छाड्ने दाबी गरे।
संघीयता खोरेज गराउन खोज्नेले टाउको उठाउन लागेको भन्दै सजग रहन प्रधानमन्त्रीले अपिल गरे। ‘तपाइँहरुले सुन्नु भएकै छ केही ठूला पार्टीका ठूलै मान्छेहरु संघीयता खारेज हुनु पर्ने कुरा गर्न थालेका छन्। यस्तो बेलामा जनताको अधिकार दिलाउन १० वर्ष लडेको मेरो पक्षमा तपाइँहरु उभिनै पर्छ। संसोधनका लागि सरकारले ल्याएको प्रस्तावलाई जनजातिले साथ दिनै पर्छ’, प्रधानमन्त्री दाहालको अपिल थियो। नागरिक न्यूज बाट साभार गरिएको छ

Friday, December 16, 2016

निजी अस्पतालमा आजदेखि १० प्रतिशत निःशुल्क उपचार व्यवस्था

निजी अस्पतालमा आजदेखि १० प्रतिशत निःशुल्क उपचार व्यवस्था

तस्वीर: अन्लाइन खबर बाट
स्वास्थ्य मन्त्रालयको गत मंसिर २७ गतेको निर्देशन अनुसार सबै अस्पतालहरु गरिव, बिपन्नलाई निःशुल्क सेवा प्रदान गर्न बाध्य हुनेछन् ।
निजी अस्पतालहरुमा १० प्रतिशत निशुल्क उपचार गर्नको लागि स्वास्थ्य मन्त्रालयले गत कार्तिक १३ गते सार्वजनिक सुचना जारी गरेको थियो ।
यो सेवा लागू भएपछि गरिव, अपाङ्गता भएका, जेष्ठ नागरिक तथा एकल महिलाहरुले पनि आफु विपन्न भएको प्रमाणित गरेमा कुनै पनि सरकारी तथा गैरसरकारी अस्पतालबाट यो सेवा लिन सक्नेछन् ।
निशुल्क उपचार सेवा अन्तर्गत अपरेशन सेवा बाहेकका चिकित्सक परार्मश शुल्क, शैया शुल्क, नर्सिङ्ग शुल्क, अस्पतालमा उपलब्ध डाइगोनोष्टिक शुल्क तथा अक्सिजन शुल्क रहेकोे छ ।
निःशुल्क उपचार सेवा लिनका लागि कुनै पनि विपन्न बिरामीले गाविस, जिविस, नगरपालिका, जिल्ला विकास कार्यालय, स्थानीय विकास समिति लगायत जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस लिन सक्नेछन् । काठमाडौको हकमा वीर अस्पतालले समेत सिफारिस गर्न सक्नेछ ।
निजी अस्पतालहरुको छाता संगठन अफिमले सबै निजी अस्पतालमा यो व्यवस्था लागू गर्ने प्रतिवद्धता जाहेर गरिसकेको छ । अन्लाइन खबर बाट साभार गरिएको।

Tuesday, December 13, 2016

संशोधन प्रस्तावबाट 'ब्याक' हुने मनस्थितिमा प्रधानमन्त्री

संशोधन प्रस्तावबाट 'ब्याक' हुने मनस्थितिमा प्रधानमन्त्री



काठमाडौं–सरकारले यही मंसिर १४ गते मगलबार राति संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका विपक्षी दलले लगतार संसद अबरोध गर्दै आएका छन्। विपक्ष दलको अबरोधका कारण संसदमा छलफलमा क्रममा रहेका अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको छ। विपक्षी दलले संशोधन प्रस्ताव फिर्ता नदिएसम्म संसद चल्न नदिने निर्णय  गरेका छन्।संशोधन प्रस्ताव,  महाभियोग, स्थानीय तहको निर्वाचन तथा स्थानीय निकाय पुर्नसंरचना आयोगलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलको बैठक बोलाएका थिए। मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीसँग संशोधन प्रस्तावमाथि संसदमा छलफल गर्न दिन अनुरोध गरे। 
  ‘संशोधन प्रस्ताव पास नहुने   निश्चित छ, तर यसलाई यसै फिर्ता गर्नुभन्दा छलफल गरौं र अनि छोडिदियौं,’ बैठकमा प्रधानमन्त्री दाहालले ओलीलाई भनेका थिए,‘अहिले पनि तपाइँहरुसँग  एकतिहाइ भन्दा बढी संख्या छ, संशोधन प्रस्ताव पास हुँदैन, तर पनि यसमा छलफल चाँही अगाडि बढाँउ।’ प्रधानमन्त्री दाहालले विश्वका केही मुलुकको उदाहारणसमेत दिएका थिए। उनले विश्वका  केही मुलुकमा यस्तो अभ्यास गरेको भन्दै संशोधन प्रस्ताव अगाडि बढाएर छोड्दा ‘किल’ हुने बताएका थिए।
जवाफमा ओलीले संशोधन प्र्रस्ताव फिर्ता  नलिएसम्म संसदको अबरोध हट्न नसक्ने अडान लिएका थिए। ‘जव यो प्रस्ताव पारित हुँदैन भन्ने विषयमा तपाइँ पक्का हुनुहुन्छ भने प्रस्ताव फिर्ता लिन केको समस्या,’ बैठकमा ओलीले भनेका थिए,‘प्रस्ताव फिर्ता गर्नुहोस्, भोलिदेखि नै संसद सुचारु हुन्छ।’ स्रोतका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै दल मिलेर संशोधन प्रस्ताव पारित गरेपनि मधेसी मोर्चाले त्यसलाई स्वीकार गर्ने अवस्था नरहेको भन्दै महाभियोग प्रस्ताव ‘घाँडो’ भएको बताएका थिए। ‘हामी तीनवटै दल मिलेर संशोधन प्रस्ताव पारित गराएपनि मधेसी मोर्चाले मानेन भने त स्थिति झन बिकराल हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘अब यसलाई कसरी ‘सेटल’ गर्ने ?’संसदबाट संशोधन प्रस्ताव पारित गर्न दुई तिहाइ मत आवश्यक पर्छ। प्रमुख प्रतिपक्ष एमालेसहित विपक्ष दलले आफूसँग दुई सय मत रहेको दाबी गर्दै आएका छन्। एमाले गठनबन्धनमा संसदमा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दल छन्।  एमालेलेसरकारले संशोधन प्रस्ताव  फिर्ता नगरेसम्म संसद अबरोध कायमै राख्ने जवाफ दिएपछि देउवा र प्रधानमन्त्री दाहालले  बैठकमा अन्य विषय प्रवेश गराएका थिए। सत्तापक्ष र प्रतिपक्षबीचको दूरी बढिरहेका बेला मंगलबार भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन्। बैठकमा समयाभावका कारण कुनै ठोस निर्णय नभएपनि दलहरुबीच फेरि बैठक बसेर सहमति खोज्न सहमत भएका छन्।  नागरिक न्यूज मा समाचार छ।

Sunday, December 11, 2016

पुष्पा बनिन् 'सिएनएन सुपर हिराे'

पुष्पा बनिन् 'सिएनएन सुपर हिराे'

फाइल तस्वीर

काठमाडौं । नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित भर्इ सिएनएन सुपर हिराेका लागि मनाेनयनमा परेका पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिराे बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएकाे भाेटिङका अाधारमा सुपर हिराे छनाेट गरिएकाे सिएनएनले जनाएकाे छ।अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड अायाेजना गरेकाे हाे। साेमबार भएकाे अवार्ड घाेषणा कार्यक्रममा उपाधिसँगै पुष्पालार्इ ५० हजार अमेरिकी डलर नगद पुरस्कार समेत प्रदान गरिएकाे जनाइएकाे छ। 
प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्दैै आएकी उनी २०१२ मा सीएनएन हिरो घोषित भएकी थिइन् र ५० हजार डलर पुरस्कार प्राप्त गरेकी थिइन्।
उक्त रकमकाे लगानीमा उनले उनले बुढानिलकण्ठ नजिकै बालबालिकाका लागि ‘पुतली घर‘ निर्माण गरेकी छन् । निर्माण कार्य पूरा नहुँदै २०७२ वैशाख १२ मा अाएकाे भूकम्पले उक्त भवनमा क्षति पुगेकाे थियाे।
जर्मन च्यारिटी नामक संस्थाले सहयाेग गरेपछि पुनः पुतली घर निर्माण सम्पन्न गरी बस्नेत र उनीसँगै रहेका बालबालिकाहरु हाल त्यहाँ बसेका छन्। नागरिक न्यूज बाट साभार गरिएको

बंगलादेशले सोध्यो–विद्युतमा लगानी सम्बन्धी हाम्रो प्रस्ताव तीन वर्षसम्म किन लुकाइयो

बंगलादेशले सोध्यो–विद्युतमा लगानी सम्बन्धी हाम्रो प्रस्ताव तीन वर्षसम्म किन लुकाइयो 



नत प्रक्रिया नै अघि बढायो ।
बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदले ऊर्जामन्त्री जनार्दन शर्मालाई अघिल्लो साता यसरबारेमा सोधेपछि उर्जा मन्त्रालयमा नै यो मस्यौदा लुकाइएको खुलासा भएको हो ।
“हामीले बिजुली किन्ने र लगानी गर्ने समझदारपत्रको मस्यौदा पठाएका थियौँ खोई ?,”बंगलादेशकी प्रधानमन्त्री हसिनाले जिज्ञासा राखेपछि ऊर्जामन्त्री शर्मा अकमकिएर सहसचिव दिनेशकुमार घिमिरेलाई सोधे, उनले पनि मस्यौदा आएको तर तत्कालिन सचिवले के गर्नुभयो थाहा भएन भनेर पन्छिए ।
त्यसबेला गम्भीर ऊर्जा संकट भोगिरहेको बंगलादेशले नेपालबाट ४ हजार ५ सय मेगावाट बिजुली किन्ने र ऊर्जा विकासमा बंगलादेशले १ अर्ब डलर लगानी गर्ने आशय व्यक्त गरेको थियो । सोही आसयलाई मुर्त रुप दिन एमओयुको तयारी भएको थियो । उसले मस्यौदा पठाए पनि नेपालले चासो नदिएपछि प्रक्रिया रोकिएको थियो ।
मन्त्री शर्माले गत मंगलबारदेखि शुक्रबारसम्म बंगलादेशको भ्रमण गरेका थिए ।
तत्कालिन ऊर्जा सचिव तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजेन्द्रकिशोर क्षेत्रीको पालादेखि सो प्रस्ताव मन्त्रालयमा अडिएको पत्ता लागेको ऊर्जा मन्त्रालय स्रोतले बतायो । उर्जामन्त्री शर्माले जसरी पनि बंगलादेशले पठाएको मस्यौदा खोज्न निर्देशन दिएपछि भेटिएको पाइएको स्रोतको भनाई छ । 
ऊर्जामन्त्री शर्मासँगको भेटमा बंगलादेशका अधिकारीले संयुक्त रुपमा ऊर्जामा लगानी गर्न तयार रहेको बताएका छन् । 
प्रधानमन्त्री हसिनाले त्यहाँका ऊर्जाराज्यमन्त्री नसरुल हमिदलाइ समेत राखेर नेपालको ऊर्जामा संयुक्त लगानीको विषयमा विभिन्न उपायहरुको खोजी गर्न निर्देशन दिएकी थिइन् ।
सार्क इलेक्ट्रिसिटी फ्रेमवर्क एग्रिमेन्टले नेपाल, भारत र बंगलादेशबीच विद्युत् व्यापार खुला गरेको छ ।
बंगलादेशसँग एमओयु गर्न अर्थ र कानुन मन्त्रालयले स्वीकृति दिइसकेका छन् । एमओयुको प्रक्रिया अघि बढाउन केही दिनभित्रै बंगलादेशका ऊर्जाराज्यमन्त्री नसरुल नेपाल आउने भएका छन् ।  १२खरि बाट साभार गरिएको।


मेरी ममीलाई मंगलबार स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो

मेरी ममीलाई मंगलबार स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो


प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान

ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो। म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै बसेको थिएँ। त्यहीबीचमा भाइ धेरै रोयो। सायद आमाको दूध खान खोजेको थियो।
त्यसैले मैले भाइलाई दूध खुवाउन ममी भएकै ठाउँमा लगेँ। त्यतिवेला सायद चार बजेको थियो होला। ममीलाई कोदो टिप्ने मेलामा भेट्यौँ। मेलाबाट छुटेपछि ममीले म र भाइलाई हतार–हतार घर ल्याउँदै हुनुहुन्थ्यो। किनकि घरमा गाई दुहुना छ, त्यसैले ममी आत्तिनुभएको थियो। त्यस्तै, करिब ५ बजेको हुनुपर्छ।मेरो स्कुलमा सामाजिक विषय पढाउने सर (हीरा लामा) र उहाँको आमा (काइलीमाया तामाङ) मोटरसाइकलमा आएर हाम्रो घर जाने बाटोमा बसेका रै’छन्। हामी आफ्नै बाटोतिर थियौँ। तर, बाटो रोकेर सरकी आमाले बोक्सी, राँऽऽ, रऽऽ… भन्दै मेरो ममीलाई लखेट्न खोज्नुभयो। तर, ममी भाग्नुभएन। त्यसपछि हीरा सरले समेत समातेर मेरी ममीलाई नजिकै रहेको सूर्योदय माध्यमिक विद्यालयको खेल मैदानमा लगे। त्यो हाम्रो विद्यालय हो, जहाँ हिरा सरले सामाजिक शिक्षा पढाउनुहुन्छ। प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान आजको नयाँ पत्रिकाबाट लिएका हौ।स्कुलको मैदानमा भलिबलको पोल छ। त्यही पोलमा हिरा सर र उहाँको आमाले मेरो ममीलाई बाँध्न लाग्नुभयो। तर, पोलमा काँटी रहेछ, ठेलमठेल हुँदा काँटीले सरकी आमालाई घोच्यो। त्यसैले उहाँ एकैछिन रोकिनुभयो। त्यतिन्जेलसम्म गाउँलेहरु जम्मा भइसकेका थिए। छिमेकी साइला तामाङकी श्रीमती निरमाया तामाङले नाम्लो दिइन्।नाम्लो लिएर हिरा सर आफैँले ममीलाई गेटमा बाँध्नुभयो। सुरुमा घाँटी र कुममा बाँधेर हिरा सरले ममीलाई कुट्न थाल्नुभयो। त्यतिन्जेलसम्म हिरा सरको आमा अन्त कता जानुभयो थाहा भएन। पछि त दिसा लिएर आउनुभयो।सरको आमा आइसकेपछि दिसा खुवाउन खोजे, ममीले मान्नुभएन। त्यसैले मेरो ममीको खुट्टा पनि बाधेँ र दिसा खुवाइदिए। त्यसपछि पनि गाउँलेहरु त्यहीँबसिरहे। केहीबेरमा उनीहरुले छोडिदिएपछि म र भाइलाई लिएर ममी घरतिर हिँड्नुभयो।हामी मेलडाँडा भन्ने ठाउँमा आइपुगेका थियौँ। पछाडिबाट हिरा सर दाउराको चिरपट बोकेर आउनुभएको रैछ। अनि ममीको कपाल समाएर लडाउनुभयो र खुट्टाले थिच्नु भयो। चिरपटले ममीको टाउकोमा हान्नु भयो। ममीको टाउकोमा गहिरो घाउ लाग्यो। ममीको टाउकोबाट रगत बगिरहेको थियो।सेतो पाटि बाट
त्यसपछि पनि सरले ममीको छातीमा चार लात्ती हान्नुभयो। गाउँमा हल्ला भइसकेछ। मेरो हजुरआमा (विष्णुमाया नेपाली) पनि बाटोमै आइपुग्नुभयो। उहाँ ६० वर्षको हुनुहुन्छ। मेरो बुहारीलाई किन पिटेको भनेर के भन्नुभएको थियो, हिरा सरले ‘न करा तेरो पनि छात्ती फुटाइदिन्छु’ भन्दै फेरि ममीतिर झम्टनुभयो। मैले धेरै भयो, मेरो ममीलाई नपिट्नोस् सर भनेँ। उहाँ ममाथि पनि झम्टनुभयो। त्यसपछि स्थानीय लालबहादुर तामाङकी श्रीमती आएर छुट्याउनुभयो। तर, मेरो ममी बाटोमा लडिरहनुभएको थियो, उठेर हिँड्न सक्नुभएन।
पछि म र मेरो अंकल (दिनेश नेपाली) मिलेर दुबैतिरको कुममा उचालेर घर पुर्‍यायौँ। बेलुकी घर गयौँ। अर्को दिन बुधबार बुबा मिलन नेपाली काठमाडौंबाट घर आउनुभयो। बुबा काठमाडौँमा घर बनाउने मजदुरी गर्नुहुन्छ। त्यो दिन अस्पताल जाने कुरा भयो। तर, ढिलो भएकोले जान सकिएन। धुलिखेल आउन तीन घन्टा लाग्छ भन्ने कुरा भयो। बिहीबार बिहान ममी उठ्न सक्नुभएन।
त्यसैले गाउँको स्वास्थ्यचौकी पुगेर हामीले औषधि लिएर आयौँ। घरमा ममीलाई औषधि दिँदै थियौँ। आँगनमा पुलिस आइपुग्यो। पुलिससँगै हिरा सर र गाउँका धेरैजना हुनुहुन्थ्यो। गाउँका १५ जनाको हस्ताक्षर गरेर मिलापत्र गरियो। मिलापत्र भएपछि प्रहरी फर्किए, गाउँले घरघर गए। बेलुका बुबा र म सँगै सुत्यौँ। ममी नजिकैको टहरामा सुत्नुभयो। बिहान हजुरआमाले मलाई उठाउनुभयो। तिम्रो आमा अहिलेसम्म किन उठिन गएर बोलाएर लिएर आउ भनेर पठाउनुभयो। म टहरामा पुग्दा ममी ओछ्याननजिकै भुइँमा ढलिरहनुभएको थियो। मैले बोलाउँदा बोल्नुभएन। अलिअलि सास फेरिरहनुभएको थियो। मैले पानी खुवाएँ। आमाआमा भनेर बोलाएँ। उहाँ बोल्नुभएन।
म चिच्याएको सुनेर गाउँलेहरु जम्मा भए। गाउँलेहरुले पुलिसलाई खबर गरे। सबैजना जम्मा भएका थिए, त्यतिन्जेलसम्म मेरी ममीको मृत्यु भइसकेको थियो। मैले हिरा सरलाई देखाएर पुलिसलाई भनेँ, ‘मेरी ममीलाई डोरीले बाँधेर दिसा खुवाउने, टाउकोमा चिर्पटले हान्ने र छातीमा लात्तीले हान्ने मान्छे यही हो।’ मैले घटना सुनाएपछि हिरा सर भाग्न खोजे। तर, पुलिसले उनलाई पक्राउ ग¥यो। पुलिस अंकलहरुले बोलाएको हुनाले म हिजो (शुक्रबार) धुलिखेल आएको हुँ। तर, सँगै मेरो बुबालाई पनि भित्र थुनेर राखेको छ। किन थुनेको मलाई थाहा छैन।  स

धरान मा यात्रु वाहक बस दुर्घटना


धरान मा यात्रु वाहक बस दुर्घटना





दुखद समचार धरान देखि तेह्रथुमको  अाैसि डाडाका लागि  छुटेको  ना ४ ख २८६५ नम्वरको वस  जिरीखिम्ती  म्याङलुङ सडक खण्ड अन्तगर्त  दुर्घटना  अहिले  सम्म एक वालक सहित ३ जनाको मृत्यु  २८ जना घाईते भएको र थप  जानकारी  अाउन बाकि







 ।

दैलेखमा एलपी ग्यासको खानी रहेको पुष्टि, सिलिण्डरमा भर्न सकिने

दैलेखमा एलपी ग्यासको खानी रहेको पुष्टि, सिलिण्डरमा भर्न सकिने



सिलिन्डरमा भर्ने ग्यास दैलेखमा !

रिपोर्टअनुसार दैलेखको ग्यास काठमाडौंको जस्तो प्राकृतिक मिथेन ग्यास होइन । त्यहाँबाट उत्खनन् हुने ग्यास सिलिन्डरमा भरेर बिक्री गर्न योग्य छ ।  काठमाडौंको ग्यास भने पाइपबाट मात्रै भान्सामा पु¥याउन सकिने किसिमको हो ।
नेपालमा पेट्रोलियम तेलको सम्भावना रहेको पुष्टी यसअघि नै भएपनि एलपी ग्यासको बारेमा भने अहिलेसम्म औपचारिक अध्ययन हुन सकेको थिए ।

चिनियाँ वैज्ञानिकको टोलीले गत मंसिरमा नेपालका विभिन्न क्षेत्रहरुको भ्रमण गरी त्यहाँबाट विभिन्न प्रकारका चट्टानहरुको नमूना संकलन गरेर अध्ययनका लागि चीन लगेको थियो । उनीहरुले चीन सरकारलाई बुझाएको प्रारम्भिक प्राविधिक रिपोर्ट अहिले उद्योग मन्त्रालयमा आइपुगेको हो ।

विस्तृत रिपोर्टको पर्खाइ

दैलेखमा पेट्रोलियम ग्यासको सम्भावना पुष्टि भएपछि सरकार अहिले यससम्बन्धी बिस्तृत रिपोर्टको पर्खाइमा छ । चीनले केही साताभित्रै प्राविधिक टोलीले तयार गरेको बिस्तृत रिर्पोट परराष्ट्र मन्त्रालयमार्फत नेपाल पठाउने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

‘दैलेखमा पेट्रोलियम ग्यास रहेको पुष्टि भयो । तर, अझै यसको उत्खनन्बारे यो अध्ययन पर्याप्त छैन’ ती अधिकारीले भने,‘यो रिपोर्ट प्रारम्भिक मात्रै भएकाले यो विषयमा धेरै कुरा अहिले नै भन्न सकिन्न ।’

रिपोर्टबारे खानी विभागले मन्त्रालयमा औपचारिक ‘ब्रिफिङ’ पनि गरिसकेको छ । अध्ययनकै क्रममा चिनियाँ टोलीले ग्यास र पेट्रोलको सम्भाव्यताबारे सकारात्मक प्रतिक्रिया दिएका थिए । त्यसैले बिस्तृत रिपोर्ट आएपछि यसबारे थप योजना बनाउने मन्त्रालयका अधिकारी बताउँछन् ।

Friday, December 9, 2016

रहेनन् कलाकार आरपी भट्टराई

रहेनन् कलाकार आरपी भट्टराई



काठमाडौं: हास्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ ।
बेलुका सकुशल रहेका आरपी बिहान मृत अवस्थामा भेटिएको परिवार स्रोतलाई उदृत गर्दै कलाकार दीपकराज गिरीले जानकारी दिए ।
आरपी प्रेसर र सुगर रोगका विरामी थिए । चार दिन अघि मात्र उनी आफ्नी फूपुको घर विराटनगर गएका थिए ।
आरपी हाँस्य टेली सिरियल ‘तितो सत्य’मा ‘राजालाम’का नामले परिचित थिए । उनले अभिनय गरेको चलचित्र ‘छक्का पञ्जा’ अहिले हलमा चलिरहेको छ । ‘वडा नम्बर ६’ लगायतका विभिन्न चलचित्रमा पनि आरपीको अभिनय छ ।
भटराईहरुको गोठ पूजा एवम् आफन्तको घरमा लगाइएको पुराणमा सहभागी हुन कलाकार भट्टराई परिवारलाई काठमाडौँमै छोडेर विराटनगर आएको पारिवारिक स्रोतले जनाएको छ ।
विराटनगरमा आफन्त सुशील अधिकारीको घरमा सुतेकै अवस्थामा शुक्रबार बिहान उनी मृत फेला परेका हुन । उनी त्यहाँ दुई दिनदेखि बसेका थिए ।
उनका श्रीमती र दुई छोरा छन् । विराटनगरमै पढीलेखी हुर्केका उनी गायन र अभिनयका लागि काठमाडौंमै बस्दै आएका थिए ।
साहित्यकार तथा कवियत्री सुमित्रा भटराईका अनुसार विहीबार राति नोवेल अस्पतालमा आफन्त भेटेर कारमा चढेर आएका भट्टराई गफ गरेर सुतेका थिए । तर, बिहान चिया खान बोलाउन खोज्दा नबोलेपछि डाक्टर बोलाएर चेक गर्दा उनी मृत्यू भई सकेको थियो ।
उनको मृत्युको कारण खुल्न सकेको छैन्
आरपीसँगै विभिन्न स्टेजमा काम गरेका हाँस्य कलाकार शिवहरी पौडेलले पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पत्याउनै नसकिने दुःखत खबर आएको भन्दै आत्माको शान्ति र परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनेका छन् । अन्नपूर्ण पोस्टबाट 


Thursday, December 8, 2016

४० यात्रु सवार पाकिस्तान एयरकाे विमान दुर्घटना ग्रस्त

४० यात्रु सवार पाकिस्तान एयरकाे विमान दुर्घटना ग्रस्त 


इस्लामाबाद– पाकिस्तानी इन्टरनेशन एयरलाइन्सको वेपत्ता विमान एबटाबादमा दुर्घटनाग्रस्त भएको छ। ‘पीके–६६१’ कल साइनको उक्त विमान पाकिस्तानको चितरालबाट इस्लामाबादका लागि उडेको थियो।
एयरलाइन्सका प्रवक्ता डेनियल गिलानीका अनुसार विमानमा ४० यात्रु सवार थिए। पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले एक प्रेस विज्ञप्ति जारी गरी दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।
एयरलाइन्सका अनुसार नियन्त्रण गुमेका कारण दुर्घटना भएको हो। दुर्घटनामा परेको विमानको खोजी कार्य सुरु गरिएको जनाइएको छ। नागरिक न्यूज बाट

संघीय फोरमका पाँच केन्द्रीय सदस्यसहित ९२ जना एमालेमा प्रवेश, ओलीले गरे स्वागत - See more at: http://www.thenepalpost24.blogspot.com

संघीय फोरमका पाँच केन्द्रीय सदस्यसहित ९२ जना एमालेमा प्रवेश, ओलीले गरे स्वागत - See more at: http://www.thenepalpost24.blogspot.com


काठमाडौं, २३ मंसिर । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका ५ केन्द्रीय सदस्यसहित ९२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई विहिबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खादा र टिका लगाएर स्वागत गरे ।
स्वागत समारोहमा अध्यक्ष ओलीले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताए । ‘पार्टीले उहाँलाई उचित जिम्मेवारी दिनुपर्छ । अब सम्पूर्ण नेता कार्यकर्ता निर्वाचनमा केन्द्रीत हुनुपर्छ,’ ओलीले भने ।प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार एमाले प्रवेश गर्नेमा फोरम नेपालका केन्द्रीय सदस्यहरु विरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाईँ, राजेन्द्रप्रसाद खनाल सहित ९२ जना छन् ।
यस्तै, खेलकुद विभागका सचिव सुकदेव चाम्लिङ, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय सदस्य छविलाल राहुमगर र संघीय प्रेस फोरमका वरिष्ठ उपाध्यक्ष पनि एमाले प्रवेश गरेका छन् ।
कार्यक्रममा नवप्रवेशीले राष्ट्रियताको पक्षमा एमालेको अडानले आफूहरु प्रभावित भएको र त्यसैकारण पार्टी प्रवेश गरेको बताएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा ओलीसहित महासचिव ईश्वर पोखरेल, केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवाली र केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराई लगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो
- See more at: http://www.thenepalpost24.blogspot.com

पोखरामा डा.भट्टराईमाथि जुत्ता प्रहार

पोखरामा डा.भट्टराईमाथि जुत्ता प्रहार



पोखरा—नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ । पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन पृथ्वीनारायण क्याम्पस (पीएन) पुगेका उनीमाथि एकजना आक्रोशित विद्यार्थीले जुत्ता प्रहार गरेका हुन् । 
जुत्ता प्रहार गरेको आरोपमा प्रहरीले कैलालीको नारायाणपुर– ७ घर भएर पोखराको फूलबारीमा बसोबास गर्ने २९ वर्षिय सञ्जिव भट्टराईलाई पक्राउ गरेको छ। पक्राउ परेका उनी पीएनमै अर्थशास्त्रमा एमएमा अध्ययन गर्छन्। उनी राजनीतिशास्त्रका विद्यार्थी पनि हुन्। नेता भट्टराईलाई कालोझन्डा देखाएपछि उनलाई पक्राउ गरिएको बगर प्रहरी चौकीका प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए।
‘प्लेकार्ड सहित कालोझण्डा देखाएपछि हामीले पक्राउ गरेका हौं,’  निरीक्षक लम्सालले भने, ‘जुत्ता प्रहार गरेकोबारे प्रहरीलाई जानकारी छैन।’ नेताले देश बिगारेकोले बाबुरामको विरोध गरेको पक्राउ परेका भट्टराइले बताए। ‘देश बिगारेको नेताले हो। त्यसमा भट्टराइले पनि साथ दिएका छन् । देश बिगार्ने नेताको विरोध गरेको हुँ,’ उनले भने, ‘मैले कालोझण्डा देखाएको हुँ।’ 
पक्राउ परेका भट्टराइले जुत्ता हानेको आरोपलाई अस्वीकार गरेका छन्। ‘प्रधानमन्त्री र अर्र्थमन्त्री भईसकेको नेतालाई मैले जुत्ताले हानेर अपमान गर्न चोहेको होइन। कालोझण्डा देखाएको हुँ,’ उनले भने, ‘नेताले देश बिगारेकोले उनीहरुलाई सजग बनाउन चाहेको हुँ।’ कालोझण्डा देखाएर भाग्ने क्रममा आफ्नो जुत्ता फुत्केको र त्यही जुत्ता देखेर नेतामाथि प्रहार भएको आरोप लागेको हुनसक्ने उनले बताए। ‘भट्टराईले नयाँशक्ति खोल्दैमा नयाँ नेपाल बन्दैन,’ उनले भने, ‘मेरो रिस भट्टराईमाथि मात्र होइन। अरुमाथि पनि छ।’
भट्टराईले जुत्ता प्रहार गरेको अस्वीकार गरेपनि प्रत्यक्षदर्शी विद्यार्थीले जुत्ता नै प्रहार गरेको दावी गरेका छन्। एकजना प्रत्यक्षदर्शी विद्यार्थी नेताका अनुसार बाहिरी जुत्ताले हान्दा रोष्ट्रममा लागेको थियो। ‘बाहिरबाट झोलामा लुकाएर जुत्ता ल्याएका रहेछन्। नेता भट्टराइले बोल्नै लाग्दा कालो झण्डा देखाउँदै जुत्ता हानेका हुन्’ ती विद्यार्थी नेताले भने, ‘जुत्ताले भट्टराइलाई चाहिँ लागेन । अाजको नागरिक न्यूज बाट।

Tuesday, December 6, 2016

पत्नीका कारण सम्बन्धविच्छेद भएमा अंश दाबी गर्न नपाइने

New Nepali news and information, song,video
पत्नीका कारण सम्बन्धविच्छेद भएमा अंश दाबी गर्न नपाइने 

पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ ।
पत्नीले आफ्नै इच्छाले सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गर्दा पतिका कारण सम्बन्धविच्छेद गर्ने अवस्था आएको प्रमाण नपुगे अंश दाबी गर्न नमिल्ने व्यवस्था प्रस्तावित भएको हो ।
संसद्को विधान समितिमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापन विधेयकको देवानी संहितामा यस्तो प्रावधान राखिएको छ । विधेयकमाथिको छलफल सकेर सांसद राधेश्याम अधिकारी संयोजक रहेको उपसमितिले समिति सभापति गङ्गा चौधरीसमक्ष मंगलबार प्रतिवेदन बुझाएको छ ।
संयोजक अधिकारीले संहितामा मुलुकी ऐनका ६० प्रतिशत प्रावधान, सर्वोच्चले प्रतिपादन गरेका नवीनतम नजिर र केही अन्तर्राष्ट्रिय अभ्याससमेत समेटेर उपसमितिले प्रतिवेदन तयार पारेको बताए ।
अधिकारीले सम्पत्तिमा इच्छापत्र, गैरआवसीय नेपालीको अचल सम्पत्ति हस्तान्तरणसम्बन्धी व्यवस्था र विवाह तथा अंशबण्डामा नवीनतम पक्षहरू समेटिएको बताए ।
उपसमितिको प्रतिवेदन अनुसार सम्वन्धविच्छेद गर्न पुरुषका लागि मुलुकी ऐनको प्रचलित व्यवस्थामा परिमार्जन भएको छ । अहिले पुरुषले सम्बन्धविच्छेदका लागि गाविसबाट प्रक्रिया सुरु गर्नुपर्नेमा प्रस्तावित व्यवस्थामा जिल्ला अदालतबाट प्रक्रिया सुरु गर्न सक्नेछन् । महिलाको हकमा भने अहिले पनि अदालतबाटै प्रक्रिया सुरु हुन्छ ।
यस्तै सम्बन्धविच्छेदमा पतिपत्नी दुवैले चाहेको अवस्थामा तत्काल प्रक्रिया सुरु हुनेछ । दुईमध्ये एकको मात्र इच्छा भएमा सहमतिका लागि एक वर्ष अदालतले ‘कुलिङ पिरियड’को समय दिनेछ । एक वर्षसम्म पनि मिल्न नसकेको अवस्थामा भने अदालतले सम्वन्धविच्छेद गराइदिनुपर्नेछ । उपसमितिले मूल विधेयकको दफा ९८ मा प्रतिबन्धात्मक वाक्यांश थप गरी त्यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।
प्रस्तावित प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ, ‘दफा ९७ बमोजिम पति र पत्नीबीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराइदिनुपर्नेछ । गोर्खा पत्र दैनिक मा समाचार छापिएको छ।


पाँच नम्बर प्रदेश विभाजन गर्नुहुँदैनः डा. कोइराला

New Nepali news and information, song,video

पाँच नम्बर प्रदेश विभाजन गर्नुहुँदैनः डा. कोइराला


चितवन-नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताएका छन् ।
चार दिनको भारत भ्रमणपछि नवलपरासीको एक कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौँ फर्किने क्रममा कुरा मंगलबार यहाँ पत्रकारसँग कुरा गर्दै उनले पार्टीको बैठकले यसबारे निर्णय नगरेको र छलफल भएको जानकारी पनि नभएको स्पष्ट पारे ।
“जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन सक्दैन” उनले भने, “पहाड र तराई छुट्याउन हुन्छ वा हुँदैन भन्ने विषयमा आवश्यक गृहकार्य नगरी सरकारले प्रस्ताव दर्ता गरेकाले अहिले समस्या उत्पन्न भएको हो” महामन्त्री डा कोइरालाले भने, “प्रस्ताव दर्ता गर्नुअघि बृहत् छलफल गर्नुपर्थ्यो त्यो हुन सकेन । ”
उनले ठूला तीन दल, राप्रपासहित मधेसकेन्द्रित दलबीचमा सहमति हुन नसके संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने सुझाव दिए ।
भारतका मणिपुर, नागाल्यान्डलगायत प्रदेशमा रहेका आदिवासीलाई सरकारले छुट्टै रुपमा बजेट दिएर जीवनस्तर उकासिरहेको जानकारी दिँदै उनले नेपालमा पनि पिछडिएका जातिलाई छुट्टै बजेटको व्यवस्था प्रदेशभित्रै गर्न सकिने बताए ।
ठूलो दलको हिसाबले अहिलेको जिम्मेवारी काँग्रेसको भएकाले सबै दललाई मिलाएर लैजानुपर्ने बताए । डा कोइरालाले भने “सबै पार्टी मिलेर निकास खोज्नुपर्छ, त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ ।”
पार्टीभित्र बृहत् छलफल गरी बैठकबाट आधिकारिक धारणा निकाल्नुपर्ने बताउँदै उनले छिटो निकास निकाल्न नसके जनताको विश्वास गुमेर जाने चेतावनी दिए। “अहिलेको मुख्य चुनौती संविधान कार्यान्वयन नै हो ”  नागरिक न्यूज बाट

Monday, December 5, 2016

एमालेले चाह्यो अन्तर्राष्ट्रिय समर्थन

New Nepali news and information, song,video

एमालेले चाह्यो अन्तर्राष्ट्रिय समर्थन



काठमाडौं— नेपालको अान्तरिक मामिलामा भारतीय दाउपेचको सामना गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालका कुनै पनि समस्या समाधान गर्न राष्ट्र सक्षम रहेको उल्लेख गर्दै ‘राष्ट्रिय हितमा विश्वभरिका मित्रहरुबाट शुभेच्छाको अपेक्षा’ गरेको छ।अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। ‘नेपालभित्रका कुनै पनि समस्यालाई नेपालका राजनीतिक दल तथा जनताले आफैँ समाधान गर्दै मुलुकलाई अग्रगामी दिशामा अघि बढाउन नेपाल राष्ट्र सक्षम छ। यसका लागि नेपालको हितमा विश्वभरिका मित्रहरुको शुभेच्छा हामी अपेक्षा गर्दछौं’, बैठकको निर्णयमा भनिएको छ। एमालेले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न तथा पक्षधरता नदेखाउन समेत छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ।
‘नेपालको आन्तरिक विषयमा अनावश्यक चासो राख्दै आन्तरिक मामिलामा पक्षधरता देखाउने तथा हस्तक्षेप गर्ने कुनै पनि काम कारवाही नगर्न बैठकले छिमेकी तथा अन्तर्राष्ट्रिय मित्रहरुलाई हार्दिक अपिल गर्दछ’, पार्टी सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संविधान निर्माण प्रक्रियामा भारतीय हस्तक्षे छताछुल्ल भएपछि एमाले खुलेर त्यसको विरोधमा उत्रिएको थियो। संविधान सभाबाट ९० प्रतिशतले संविधान जारी गरे पनि आफू अनुकूल नभएको भन्दै दक्षिणी छिमेकीले नेपालमाथि पाँच महिना नाकाबन्दी गरेको थियो। भारतले त्यतिबेला संविधानमा छिराउन नसकेका ७ बुँदालाई पुष्पकमल दाहाल सरकारले संशोधनको रुपमा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमाले अान्दोलनमा उत्रिएको छ। नागरिक न्यूज बाट साभार गरिएको

Sunday, December 4, 2016

देश केक होइन टुक्राटुक्रा पारेर बाँड्नलाइ : ओली

New Nepali news and information, song,video

देश केक होइन टुक्राटुक्रा पारेर बाँड्नलाइ : ओली



काठमाडौं- प्रमुख विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राखेको संविधान संशोधन प्रस्तावमा समर्थन गर्न नसकिने स्पष्ट पारेका छन्। बरु उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संशोधन प्रस्ताव फिर्ता लिन सुझाव दिएका छन्।
'मेरो जुत्ताको तलुवा जहाँ टेक्यो, त्यहाँ चिप्लिने खालको छैन,' पूर्वप्रधानमन्त्री ओलीले आइतबार साँझ सम्पादकसहितका पत्रकारसँग भने, 'यो देश बनेको पनि कसैले भोट हालेर होइन।' कतिपय बेलामा भोट हालेका कारण देश समाप्त भएर गएको तर्क पनि उनले अघि सारे। सहमतिका लागि भनेर हिजो गरिएका निर्णयमा टेकेर अस्थिरता बढाउन खोज्ने हो भने एमालेलाई त्यो मान्य नहुने उनले स्पष्ट पारे। नागरिक न्यूज बाट साभार गरिएको।

Friday, December 2, 2016

बुटवलमा उर्लियाे मानव सागर, सत्तापक्षका नेता एमालेका नेताहरुको सहभागी

New Nepali news and information, song,video

बुटवलमा उर्लियाे मानव सागर, सत्तापक्षका नेता  एमालेका नेताहरुको सहभागी



बुटवल– पाँच नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध शुक्रबार तेस्रो दिन पनि बुटबलमा विशाल सभाकाे अायाेजना गरिएको छ। सत्तापक्षसहितका राजनीतिक दलको अगुवाइमा विशाल सभा भएको हो।
सभालाई प्रमुख प्रतिपक्ष एमाले उपमहासचिव एंव  रुपन्देही—४ का सांसद विष्णु  पौडेल, सत्तारुढ माओवादी केन्द्रका संसदीय दलका उपनेता एंव अर्घाखाँची—२ का सांसद टोपबहादुर रायमाझी, कांग्रेस केन्द्रीय सदस्य एंव गुल्मी—२ का सांसद चन्द्र भण्डारी तथा एमाले नेताहरु घनश्याम भुसाल, प्रदीप ज्ञवाली र गोकर्ण विष्ट लगायत ले सम्बोधन गरे।
सभालाई सम्बोधन गर्दै नेताहरुले तराई र पहाड मिलेर पहिचान र सामथ्र्य सहितको उत्कष्ट प्रदेश बनेको भन्दै प्रदेश टुक्रयाउने सम्बन्धी संविधान संशोधन प्रस्ताव आन्दोलनको बलमा फिर्ता गराउने उद्घोष गरे। उनीहरुले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने प्रस्ताव पारित हुने हो भने मुलुक विखण्डनको बाटो खुल्ने भएकोले सडक र सदनबाट प्रतिरोध गरेर असफल पार्ने बताए।
एमाले उपमहासचिव पौडेलले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग गर्दा समस्या समाधान हुने भन्दा मुलुकमा झन समस्या चर्कने भएकाले आफूहरु गम्भीर भएर प्रदेश नटुक्रयाउनका लागि आन्दोलनमा  लागेको बताए। सरकारले पहाडी जिल्लालाई यो प्रदेशबाट अलग गर्ने प्रस्ताव गरेर आन्दोलनको आगो सल्काएको बताउँदै आन्दोलन अब संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता नहुञ्जेल नरोकिने बताए।
‘तपाईहरु सडकमा प्रतिरोध गर्नुस्, हामी सदनमा प्रतिरोध गर्छौं, सबै मिलेर राष्ट्रघाती संशोधन प्रस्ताव विफल पारौं,’ उनले भने। उनले आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित बनाउन आग्रह गरे। ‘तोडफोड नगरौं, टायर नबालौं, जनताको शक्ति नै ठूलो हो—उनले भने।
सत्तारुढ माओवादी केन्द्रका संसदीय दलका उपनेता रायमाझीले पार्टी दायरा भन्दा माथि उठेर प्रदेश टुक्रयाउने प्रस्तावको विरुद्ध एकजुट  भई आन्दोलनमा लाग्न आह्वान गरे। ‘पार्टीभन्दा जनताको शक्ति ठूलो हो,’ उनले भने, ‘जनमतको कदर गर्दै म सडकमा आएको हुँ ।
उनले जनता भए पार्टी बन्ने र जनप्रतिनिधि पनि हुन सकिने तर जनता नभए केही हुन नसक्ने बताए । ‘त्यसैले पार्टी निर्णय र धारणा भन्दा माथि उठेर यहा आएको हुँ,’ उनले भने ।
उनले संविधान बनाउँदा प्रमुख तीन पार्टी मिलेको र ९० प्रतिशत जनप्रतिनिधिले बनाएको स्पष्ट पार्दै १० प्रतिशत जनप्रतिनिधिको हिस्सा ओगट्ने मधेसी दलको चित्त बुझाउन संशोधन प्रस्ताव अघि बढाएर सरकारले गलत गरेको बताए।
‘जसका लागि संशोधन प्रस्ताव अघि बढाइएको छ, उनीहरु नै मान्दैनन्। संविधान बनाएको मुख्य हिस्सेदार एमाले पनि संशोधनलाई अस्विकार गरेको छ, अनि कसका लागि संशोधन अघि बढाइदैछ ?,’ उनले भने, ‘कसैको स्वार्थमा फसेर मुलुकमा अराजकता र अस्थिरता निम्त्याउन दिनेछैनौं।’
प्रदेश एकीकृत राख्नु मुलुकको अखण्डतासँग जोडिएको विषय भएको बताए। नेता रायमाझीले सरकारको गतिविधिले भुईंको टिप्न खोज्दा खल्तीको समेत जाने स्थिति आएको भन्दै आलोचना गर ।
कांग्रेस केन्द्रीय सदस्य एंव गुल्मी—२ का सांसद चन्द्र भण्डारीले संविधान कार्यान्वयन गर्दै मुलुकलाई अघि बढाउनुपर्ने बेलामा संशोधनको प्रस्ताव ल्याएर सरकारले गल्ती गरेको बताए। अहिलेको सात प्रदेश र प्रदेशको सिमाङकन धेरै छलफलपछि तय भएको बताउँदै उनले कसैको स्वार्थका लागि हेरफेर हुन नसक्ने बताए। ‘संघीयता चित्त नबुझेको हो भने  जनमतसंग्रहबाट टुंगो लगाउँ—उनले भने। नाकाबन्दीका बेला यो क्षेत्रले काठमाडौंलाई रासन र इन्धन आपूर्ति गरेको बताउदै आगामी दिनमा पनि मुलुककै भरथेग गर्ने प्रदेश बन्ने भएकाले  षडयन्त्र  हुन थालेको उनको भनाई छ।
एमाले उपमहासचिव घनश्याम भुसाले सबै खाले षडयन्त्रलाई जनबलले नै परास्त गर्न सकिने भएकाले एकीकृत भई आन्दोलनमा होमिन आह्वान गरे । ‘संशोधन प्रस्तावले यो प्रदेशलाई  मात्रै  टुक्रयाएको नभई मुलुक टुक्रयाउने बाटो खोल्न लागिएकाले विरोध गर्नु परेको हो,’ उनले भने । नागरिक न्यूज बाट साभार गरिएको