Sunday, January 8, 2017

व्यावसायिक कुखुरा पालन तालिम ( माघ ५, ६ र ७ )

व्यावसायिक कुखुरा पालन तालिम ( माघ ५, ६ र ७ )


आधुनिक तथा व्यावसायिक कुखुरापालनमा लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ  कृषि तालिम, परामर्श साथै अन्य सेवाहरु प्रदान गर्दै आइरहेको प्रांगारिक पाठशाला – School of Agriculture ले येही माघ ५, ६ र ७   गते व्यावसायिक कुखुरापालन सम्बन्धि तालिम संचालन गर्ने भएको छ !!  नेपालमा व्यावसायिक तरिकाले पालिरहेको बोइलेर. लेयेर्स र लोकल कुखुराको  व्यवासयिक रूपमा पालन कसरी गर्ने, खोर निर्माण , रोगको कारण र नियन्त्रणहरु सम्बन्धि सम्पूर्ण  तरिका , विधि र प्रविधिको बारेमा प्राविधिक ज्ञान र सिप दिएर सिकाइन्छ |

विदेशबाट स्वदेश फर्केर आफ्नै देशको कृषिमा केहि गर्न खोज्ने हुन् या स्वदेशमै रमाउन चाहने युवाहरु, ब्यवसायिक ढंगले आगाडी बढेर सफलता प्राप्तगर्ने हो भने कृषि तालिम तथा परामर्शको अत्यन्तै भूमिका रहेको छ!!  बिगत ४ बर्षदेखि तालिम दिंदै आएको प्रांगारिक पाठशालाले अहिले सम्म २५०० भन्दा धेरै युवाहरुलाइ तालिम प्रदान गरिसकेको र अधिकांस युवाहरु तालिम पश्चात व्यवसायिक कृषिमा लागेको अनुभव बताउनु हुन्छ प्रांगारिक पाठशालाका  तालिम संयोजक रचना श्रेष्ठ बताउनु हुन्छ!!

यस व्यावसायिक कुखुरापालन तालिमका प्रशिक्षक्हरु वरिष्ठ कुखुरा तथा वंगुर विज्ञ आर यु महतो, दिपक अधिकारी, देव सुन्दर महारिता र डा. निरज बास्कोटा हुनुन्छ | तालिम प्रशिक्षक्हरु अनुभवि र देश बिदेशका प्रबिधिहरुको विज्ञ हुनुहुन्छ |

तालिमको विषयसुची


  • नेपालमा पाइने कुखुराको जात , तिनीहरुको उत्पादन क्षमता
  • खोरको व्यावस्थापन, ठाउको छनोट, ढाचा, डीजाइन, खोरको क्षेत्रफल्
  • जैविक सुरक्षा र खोरको सफाई
  • ब्रुदिंग व्यावस्थापन – तापक्रम, दाना, पानि, भेन्तिलेशन, खोप र कुखुरा समाउने विधि
  • कुखुराको व्यवस्थापन, हित स्ट्रेस, कोल्ड स्ट्रेस,
  • ग्रदिंग, कल्लिंग ,
  • मरेको कुखुराको बिसरजन
  • रोगको समाधान
  • ह्याचिंग प्रविधि बारे जानकारी
  • फारमको लेखा जोखा राख्ने तरिका
  • अन्तिम परिक्षा, Handouts वितरण, फिल्ड भ्रमण आदि
  तालिमशुल्क २५०० मात्रै!!
तालिम संचालन प्रांगारिक पाठशालाको कार्यालय, खुमलटार, ललितपुरमा हुनेछ !!
( चापागाउ दोबाटो बाट १ km भित्र, Ulliens School सँगै )   
सम्पर्क:: 9818962886, 9823179065

Thursday, December 29, 2016

रातो नम्बरबाट आएको फोन उठाउँदा मरिने हल्लाले देशभर त्रास, यस्तो छ वास्तविकता

रातो नम्बरबाट आएको फोन उठाउँदा मरिने हल्लाले देशभर त्रास, यस्तो छ वास्तविकता



काठमाडौं, १४ पुस । कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो ।’ सायद ठीकै भनेका थिए उनले । नेपाल हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने गरेको छ । यस्तै एउटा हल्लाको पछिल्लो संस्करणले केही दिनयता देशभर त्रास फैलिरहेको छ ।
सायद तपाईंले पनि सुन्नु भएको होला, ‘रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्‍यो रे !’ अहिले यो हल्ला ‘दिन दोगुना, रात चौगुना’ भनेझैँ फैलिरहेको छ । मानिसहरुले एसएमएस गरेर, फोन गरेर तथा सामाजिक सञ्जालमार्फत आफ्ना आफन्त र साथीभाइलाई सचेत रहन भनिरहेका छन् । हल्लामा मान्छे मरेको भनिएका क्षेत्रहरुचाहिँ कसैले नुवाकोट, कसैले धादिङ त कसैले मकवानपुर भनेका छन् ।
त्यसैगरी फोन आएका भनिएका मोबाइलहरु एनसेल छन् ।यो हल्ला अहिले यति भाइरल बनिसक्यो कि कन्ट्रोल गर्नै नसकिने अवस्था छ । आम मानिसहरु त्रसित बन्न थालेपछि  यसको वास्‍तविकताबारे बुझ्ने प्रयास यसरी गरीएकाे छ ।
एनसेल भन्छ, ‘हल्लाको पछि नलाग्नुस्’
हामीले यसबारे एनसेलसँग बुझ्ने प्रयास गर्‍यौँ । सुरुमा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्दा उनी यो हल्लाले वाक्कदिक्क भइसकेका रहेछन् । दिनमै सयौँ कल यस्तै चासो राख्नेहरुको आउँदो रहेछ । उनले यसबारे अफिसमा पनि कुरा भइसकेको, यो हल्लामात्र रहेको निष्कर्ष निकालिएको जवाफ दिए ।
सामाजिक सञ्चालका एक प्रयोगकर्ताले एनसेलको आधिकारिक पेजमा नै जिज्ञासा राखेका रहेछन् । त्यहाँ पनि एनसेलले यो हल्लामात्र भएको जवाफ फर्काएको छ ।‘रातो नम्बरबाट आएको फोन उठाए मरिने हल्ला छ के हो यो ?’ केदार पौडेल नाम गरेका फेसबुक प्रयोगकर्ताले सोधेको प्रश्नमा एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजबाट जवाफ फर्काएको छ, ‘कृपया यस्तो हल्लाको पछाडि लाग्न नहुन ग्राहक बर्गहरुमा अनुरोध छ ।’
धादिङ प्रहरीलाई जानकारी छैनगाउँ-गाउँमासमेत सानातिना घटना घट्दा पनि प्रहरीलाई जानकारी हुन्छ । त्यसैले हामीले हल्लामा नाम जोडिएको जिल्ला धादिङका डिएसपी दिपेन्द्र पञ्जियारलाई सम्पर्क गर्‍यौँ । उनले त हल्लासमेत सुनेका रहेनछन् । ‘मैले त हल्ला पनि सुनेको छैन । केही भएको भए त आउँथ्यो । सायद हल्लामात्र हो यो,’ साझापोस्टसँग उनले भने ।
धादिङ प्रहरीकै सञ्चार शाखामा भने यस्तो हल्ला पुगेको रहेछ । सञ्चार विभागमा कार्यरत प्रहरी अधिकृत भन्दै थिए, ‘हल्ला त मैले पनि सुनेको हो । मकवानपुर तिर रे भनेर फेसबुकमा लेखेको देखेको थिएँ । तर, हामीकहाँ त्यस्तो कुनै जानकारी आएको छैन । भए त आइहाल्थ्यो नि !’
नुवाकोट प्रहरीमा केही व्यक्ति मोबाइल फाल्यौँ भन्दै आएका थिएत्यसपछि हामीले नुवाकोट प्रहरीका डिएसपी ऋषिराम कंडेललाई सम्पर्क गर्‍यौँ । उनले हल्ला मज्जैसँग सुनेका रहेछन् । ‘हल्ला त मैले पनि सुनेको हो । अस्ति दुईतीन जना युवा ‘रातो नम्बरबाट फोन आयो त्यसपछि मोबाइल फाल्यौँ’ भन्दै हामीकहाँ आएका थिए ।
तर फोन आएको हामीले देखेनौँ । उनीहरुले नै भनेका थिए, ‘कताकता मान्छे पनि मरे रे !’ तर यो हल्लामात्र हो । यस्तो फोन रिसिभ गर्दा मरेको भनिएको कुनै पनि व्यक्तिबारे जानकारी छैन ।’यो कुरा हल्लामात्र हो भन्ने निष्कर्षमा उनी पनि पुगिसकेका रहेछन् ।
मकवानपुर प्रहरीलाई जानकारी छैनमकवानपुरका प्रहरी इन्सपेक्टर सुरक्षा केसीले भने यस्तो हल्लासमेत आफूले नसुनेको बताइन् । ‘मैले त हल्ला पनि सुनेका छैनौँ, त्यस्तो कुनै उजुरी पनि आएको छैन,’ उनले भनिन् ।
आजभोलि ठेस लागेर लड्दा मान्छे मरेको जानकारीसमेत प्रहरीकोमा आउँछ । सानासाना घटनाबारे पनि प्रहरीलाई जानकारी गराउने प्रचलन छ । प्राकृतिक ढंगको स्वभाविक मृत्युबाहेक अन्य जुनसुकै कारणले मानिस मरे पनि पोस्टमार्टम बिना शवको दाहसंस्कारसमेत हुँदैन ।
पोस्टमार्टम अघि प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउनुपर्छ । अब तपाईं आफैँ भन्नुस्, सम्बन्धित जिल्लास्थित प्रहरीलाई समेत जानकारी नभएको कुरा वास्तविक कसरी हुन सक्ला त ? आफ्नो परिवारका सदस्यको फोन उठाउँदा मृत्यु भयो भने चुपचाप दाहसंस्कार कसैले गर्ला ? पक्कै पनि गर्दैन ।
बरु हामीकहाँ त लास सडकमा राखेर पैसाका लागि बार्गेनिङचाहिँ हुनसक्छ । माथिका तमाम जानकारीहरुबाट पनि निष्कर्ष निकाल्न सकिन्छ, यो हल्ला मात्र हो । हल्लाको पछि नलागौँ । बाँकी रहे सामाजिक सञ्जालमा रेड नम्बरबाट फोन आएको देखाइएका स्क्रिनशर्टहरु, ती फोटोशप्ड हुन सक्छन् ।साझा पाेष्टकाे सहयाेगमा
- See more at: http://www.thenepalpost24.com

Thursday, December 22, 2016

नेपाली सेनालाई शान्ति मिसनमा आफू मातहत पठाउन भारतको लबिङ

नेपाली सेनालाई शान्ति मिसनमा आफू मातहत पठाउन भारतको लबिङ



८ पुस, काठमाडौं । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ।उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय ९सार्क० र उप–क्षेत्रीय ९बीबीआईएन० सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको कमान्ड अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको हो।
सुरुवातमा सार्कमार्फत राष्ट्रसंघ ९यूएन०को शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन ९बंगलादेश, भुटान, भारत र नेपाल० मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको हो।
भारतले नेपालको राजनीतिक तहमा लबिङ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न अनुरोध गरेको उच्च स्रोतको दाबी छ। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

Monday, December 19, 2016

बुटवल गोलीकाण्डः एमालेका अन्य युवा कार्यकर्तालाई पनि आयो हत्याको धम्की - See more at: http://www.thenepalpost24.blogspot.com

बुटवल गोलीकाण्डः एमालेका अन्य युवा कार्यकर्तालाई पनि आयो हत्याको धम्की - See more at: http://www.thenepalpost24.blogspot.com



बुटवल, ४ पुस । एमालेको भातृ संगठन युवा संघका अध्यक्ष दुर्गा तिवारीमाथि गोली हानी हत्या भए लगत्तै रुपन्देहीमा एमालेका अन्य युवा नेता कार्यकर्तामाथि पनि ज्यान मार्ने धम्की आएको छ ।
तिवारीको हत्यामा संलग्न भएका भनिएका मनोज पुन मगरले नेकपा एमाले रुपन्देहीको देवदह क्षेत्रका युवा संघका अध्यक्ष धुव्र खरेल (चन्द्रकान्त), अनेरास्ववियूका क्षेत्रीय अध्यक्ष कृष्ण पौडेल, युवा संघका पूर्वक्षेत्रीय सदस्य वसन्त पौडेल लगायत आधा दर्जन युवा नेता कार्यकर्तालाई टेलिफोन गरेर धम्काएका हुन् ।
तिवारीको हत्याको खबर थाहा पाउनासाथ देवदह मेडिकल कलेज पुगेका क्षेत्रीय अध्यक्ष खरेललाई हत्या आरोपी पुन मगरले ‘तिमीहरुलाई पनि एक एक गरी दुर्गाको जस्तै हालत बनाउँछु’ भन्दै टेलिफोनबाट धम्क्याएका हुन् । त्यसलगत्तै अन्यलाई पनि उनले त्यसै गरी धम्क्याएका थिए । पुन मगरले फोन गरी धम्क्याउँदा बुटवलका नेपाल प्रहरीका डिएसपी मुकुन्द मरासनी पनि खरेलसँगै थिए । उनले आफ्नो परिचय नदिई टेलिफोनकर्तासँग कुराकानी गरेका थिए । टेलिफोन संवादमा पुन मगरले आफूले नै दुर्गाको हत्या गरेको बताएका थिए ।
उनले गरेको मोबाइल नम्बरमा प्राइभेट नम्बर मात्रै देखिएकाले कहाँबाट टेलिफोन गरेको भन्ने खुलेको छैन् । घटनालाई अन्यत्रै मोड्न पुन मगरले जिम्मा लिएको हुन सक्ने स्थानीयको आशंका छ । अखण्ड पाँच नम्बर प्रदेशको आन्दोलन चलिरहेका कारण दुर्गाले त्यस क्षेत्रको युवा विद्यार्थीको नेतृत्व गरिरहेका थिए । आन्दोलनलाई कमजोर बनाउन दुर्गाको हत्या भएको हुन सक्ने एमालेका स्थानीय कार्यकर्ताको आशंका छन् ।
वुटवलका प्रहरी प्रमुख डीएसपी मरासनीले भने यस विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताए । ‘कतिपय कुराहरु अपरेशन गर्नुपर्ने छन् । त्यसैले अहिल्यै बोल्न मिल्ने अवस्था छैन् ।’– डीएसपी मरासनीले दैनिक नेपाल सङ्ग टेलिफोनमा भने ।
यसअघि पुनकै समूहले दुर्गामाथि आक्रमण गरी हत्याको प्रयास गरेको थियो । चार बर्षदेखि भूमिगत रहेका पुन मगर प्रहरीको मोस्टवान्टेड सूचीमा छन् । उनी देवदह क्षेत्रमा नामुद गुण्डाका रुपमा चिनिन्छन् ।
प्रहरीले रुपन्देही र नवलपरासीमा व्यापक खानतलासी बढाएको छ । यसैगरी, ठाउँ ठाउँमा गस्ती पनि बढाइएको छ ।
- See more at: http://www.thenepalpost24.blogspot.com

Saturday, December 17, 2016

प्रधानमन्त्रीले भने ‘ बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्, म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार छु’

प्रधानमन्त्रीले भने ‘ बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्, म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार छु’



चितवन–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सवै बाहुन क्षेत्री जनजाति आदिवासी समुदायको विरोधी नभएको बताएका छन्। उनले आफूलाई आदिवासी समुदायको हक अधिकारका लागि लड्ने बाहुन भएको बताउँदै नेपाल आदिवासी जनाजाति महासंघको नवौं महाधिवेशन उद्घाटन समारोहमा भने, ‘अहिल्यै हेर्नु न एकथरी बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्। यदि त्यसो गरेमा म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार भएर बसेको छु।’
भरतपुरमा शनिबार सुरु भएको आदिवासीको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सकिने कार्यक्रम छ। नेपालको संविधान अपुरो र अधुरो रहेको निश्कर्षसहित संशोधनकालागि अभियान चलाउने आदिवासी जनजाति महासंघको अडान रहँदै आएको छ। प्रधानमन्त्री दाहालले संविधान जारी गर्दा नै यो अपुरो छ भनेर घोषणा गर्ने पार्टीको नेता आफू नै भएको बताए।
‘लामो संघर्ष र बलिदानले ल्याएका केही परिवर्तनलाई संस्थागत गरेर अगाडि बढ्न त्यो बेला संविधान ल्याउनु अपरिहार्य थियो र जारी भयो। तर यो अपुरो छ भन्दै भिन्न मतसहित हामीले संविधान जारी गरेका कारण पूर्णता दिने जिम्मेवारी पनि मेरो नै हो’, प्रधानमन्त्री दाहालले भने। हेपिएका थिचिएकाका कारणले नै आफु दुई दुई पटक प्रधानन्त्री भएको बताउँदै दाहालले यसको गुन र ऋण चुक्ता गरेरै छाड्ने दाबी गरे।
संघीयता खोरेज गराउन खोज्नेले टाउको उठाउन लागेको भन्दै सजग रहन प्रधानमन्त्रीले अपिल गरे। ‘तपाइँहरुले सुन्नु भएकै छ केही ठूला पार्टीका ठूलै मान्छेहरु संघीयता खारेज हुनु पर्ने कुरा गर्न थालेका छन्। यस्तो बेलामा जनताको अधिकार दिलाउन १० वर्ष लडेको मेरो पक्षमा तपाइँहरु उभिनै पर्छ। संसोधनका लागि सरकारले ल्याएको प्रस्तावलाई जनजातिले साथ दिनै पर्छ’, प्रधानमन्त्री दाहालको अपिल थियो। नागरिक न्यूज बाट साभार गरिएको छ

Friday, December 16, 2016

निजी अस्पतालमा आजदेखि १० प्रतिशत निःशुल्क उपचार व्यवस्था

निजी अस्पतालमा आजदेखि १० प्रतिशत निःशुल्क उपचार व्यवस्था

तस्वीर: अन्लाइन खबर बाट
स्वास्थ्य मन्त्रालयको गत मंसिर २७ गतेको निर्देशन अनुसार सबै अस्पतालहरु गरिव, बिपन्नलाई निःशुल्क सेवा प्रदान गर्न बाध्य हुनेछन् ।
निजी अस्पतालहरुमा १० प्रतिशत निशुल्क उपचार गर्नको लागि स्वास्थ्य मन्त्रालयले गत कार्तिक १३ गते सार्वजनिक सुचना जारी गरेको थियो ।
यो सेवा लागू भएपछि गरिव, अपाङ्गता भएका, जेष्ठ नागरिक तथा एकल महिलाहरुले पनि आफु विपन्न भएको प्रमाणित गरेमा कुनै पनि सरकारी तथा गैरसरकारी अस्पतालबाट यो सेवा लिन सक्नेछन् ।
निशुल्क उपचार सेवा अन्तर्गत अपरेशन सेवा बाहेकका चिकित्सक परार्मश शुल्क, शैया शुल्क, नर्सिङ्ग शुल्क, अस्पतालमा उपलब्ध डाइगोनोष्टिक शुल्क तथा अक्सिजन शुल्क रहेकोे छ ।
निःशुल्क उपचार सेवा लिनका लागि कुनै पनि विपन्न बिरामीले गाविस, जिविस, नगरपालिका, जिल्ला विकास कार्यालय, स्थानीय विकास समिति लगायत जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस लिन सक्नेछन् । काठमाडौको हकमा वीर अस्पतालले समेत सिफारिस गर्न सक्नेछ ।
निजी अस्पतालहरुको छाता संगठन अफिमले सबै निजी अस्पतालमा यो व्यवस्था लागू गर्ने प्रतिवद्धता जाहेर गरिसकेको छ । अन्लाइन खबर बाट साभार गरिएको।

Tuesday, December 13, 2016

संशोधन प्रस्तावबाट 'ब्याक' हुने मनस्थितिमा प्रधानमन्त्री

संशोधन प्रस्तावबाट 'ब्याक' हुने मनस्थितिमा प्रधानमन्त्री



काठमाडौं–सरकारले यही मंसिर १४ गते मगलबार राति संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका विपक्षी दलले लगतार संसद अबरोध गर्दै आएका छन्। विपक्ष दलको अबरोधका कारण संसदमा छलफलमा क्रममा रहेका अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको छ। विपक्षी दलले संशोधन प्रस्ताव फिर्ता नदिएसम्म संसद चल्न नदिने निर्णय  गरेका छन्।संशोधन प्रस्ताव,  महाभियोग, स्थानीय तहको निर्वाचन तथा स्थानीय निकाय पुर्नसंरचना आयोगलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलको बैठक बोलाएका थिए। मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीसँग संशोधन प्रस्तावमाथि संसदमा छलफल गर्न दिन अनुरोध गरे। 
  ‘संशोधन प्रस्ताव पास नहुने   निश्चित छ, तर यसलाई यसै फिर्ता गर्नुभन्दा छलफल गरौं र अनि छोडिदियौं,’ बैठकमा प्रधानमन्त्री दाहालले ओलीलाई भनेका थिए,‘अहिले पनि तपाइँहरुसँग  एकतिहाइ भन्दा बढी संख्या छ, संशोधन प्रस्ताव पास हुँदैन, तर पनि यसमा छलफल चाँही अगाडि बढाँउ।’ प्रधानमन्त्री दाहालले विश्वका केही मुलुकको उदाहारणसमेत दिएका थिए। उनले विश्वका  केही मुलुकमा यस्तो अभ्यास गरेको भन्दै संशोधन प्रस्ताव अगाडि बढाएर छोड्दा ‘किल’ हुने बताएका थिए।
जवाफमा ओलीले संशोधन प्र्रस्ताव फिर्ता  नलिएसम्म संसदको अबरोध हट्न नसक्ने अडान लिएका थिए। ‘जव यो प्रस्ताव पारित हुँदैन भन्ने विषयमा तपाइँ पक्का हुनुहुन्छ भने प्रस्ताव फिर्ता लिन केको समस्या,’ बैठकमा ओलीले भनेका थिए,‘प्रस्ताव फिर्ता गर्नुहोस्, भोलिदेखि नै संसद सुचारु हुन्छ।’ स्रोतका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै दल मिलेर संशोधन प्रस्ताव पारित गरेपनि मधेसी मोर्चाले त्यसलाई स्वीकार गर्ने अवस्था नरहेको भन्दै महाभियोग प्रस्ताव ‘घाँडो’ भएको बताएका थिए। ‘हामी तीनवटै दल मिलेर संशोधन प्रस्ताव पारित गराएपनि मधेसी मोर्चाले मानेन भने त स्थिति झन बिकराल हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘अब यसलाई कसरी ‘सेटल’ गर्ने ?’संसदबाट संशोधन प्रस्ताव पारित गर्न दुई तिहाइ मत आवश्यक पर्छ। प्रमुख प्रतिपक्ष एमालेसहित विपक्ष दलले आफूसँग दुई सय मत रहेको दाबी गर्दै आएका छन्। एमाले गठनबन्धनमा संसदमा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दल छन्।  एमालेलेसरकारले संशोधन प्रस्ताव  फिर्ता नगरेसम्म संसद अबरोध कायमै राख्ने जवाफ दिएपछि देउवा र प्रधानमन्त्री दाहालले  बैठकमा अन्य विषय प्रवेश गराएका थिए। सत्तापक्ष र प्रतिपक्षबीचको दूरी बढिरहेका बेला मंगलबार भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन्। बैठकमा समयाभावका कारण कुनै ठोस निर्णय नभएपनि दलहरुबीच फेरि बैठक बसेर सहमति खोज्न सहमत भएका छन्।  नागरिक न्यूज मा समाचार छ।